समाचार संकलन गरिरहेका पत्रकारमाथी भएको आक्रमण कानुनको ठाडो उल्लंघन हो:जनपत्रकार संगठन नेपाल

डेली न्युजराप्ती       २२ कार्तिक २०८१ २०:२९ मा प्रकाशित     136 No Comments

२१कार्तिक, काठमाडौं । जनपत्रकार संगठन नेपालले समाचार संकलनका क्रममा पत्रकारमाथि हातपात गरेकोप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।
जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेर बहादुर बिश्वकर्माले एक विज्ञप्ति जारी गरी जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एवं जनगर्जन डटकममा कार्यरत पत्रकार मन बहादुर सहकारीमाथि मंगलबार बेलुका ४.३० को समयमा कपिलवस्तुको कृष्णनगर बडर ईलाकामा समाचार संकलन गर्ने क्रममा पत्रकार सहकारी माथी केही व्यक्तिद्वारा हातपात तथा लुटपाट गरेकोप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
स्वतन्त्रपूर्वक सञ्चारकर्ममा जुटेका पत्रकारमाथि भएको हातपात तथा लुटपाटको उक्त घटना निन्दनीय र प्रेस विरोधी हर्कत भएको संगठनको ठहर छ ।
कुटपिट तथा लुटपाट घटनामा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग जनपत्रकार संगठन,नेपालले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार