११-असोज/ तुलसीपुरमा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे २ बजेतिर घाँस काट्न भनि बोकाइनोको रुखमा चढेको बेला लडेर एक जना महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।
मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका ११ कटाहा निवासी ५९ वर्षिय कृष्ण कुमारी रोका मगर रहेको प्रहरीले बताएको छ । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।
उनको शव पोष्टमार्टमका लागि अस्पतालमै राखिएको प्रहरीको भनाई छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.