हेमन्त प्रकाश ओली ।
जेष्ठ १४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको बिशेष बैठक सम्पन्न भएको छ ।
आइतबार घोराहीमा सम्पन्न बिशेष बैठकले लघुवित्त र मिटरव्याजका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले रुकुम पस्चिमको जिल्ला सेक्रेटरीमा हरी सी र पुर्वी रुकुमको सेक्रेटरीमा जुद्ध सीलाइ जिम्मेवारी दिने निर्णय सर्वसम्मत पारित गरेको छ ।
बैठकले गाउँ , नगर , वडा र सेल कमिटीलाई व्यवस्थित गर्ने , ब्युरो अन्तर्गतका सबै जिल्लाहरुका बैठक तथा प्रशिक्षणहरु गर्ने , प्रत्येक जिल्लाले पार्टी सदस्यसम्मको प्रशिक्षण गर्ने , ब्युरो अन्तर्गतका जिल्लाहरु रोल्पा , सल्यान , रुकुम , दाङमा माटो र हावापानी अनुकुल उत्पादन कार्यलाइ अगाडि बढाउने , सुचना तथा सञ्चार सम्बन्धी कामलाइ व्यवस्थित गर्ने , ब्युरो स्तरीय स्कुलिङ गर्ने , जनताको न्याय सम्पादन सम्बन्धीको कार्यलाइ व्यवस्थित गर्ने लगाएतका निर्णय गरेको नेकपा राप्ती ब्युरो कार्यालयले जानकारी दिएको छ ।
यस्तै आइतबार घोराहीमा सम्पन्न बैठकले भिम सीको नेतृत्वमा ६ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासंघ गठन गरेको छ भने सबै जिल्लाहरुमा सामना परिवारको नेतृत्व समेत चयन गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीको आतिथ्य रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.