विप्लव नेकपाद्वारा नेपाल आयल निगम तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ

डेली न्युजराप्ती       २१ माघ २०७८ १५:१९ मा प्रकाशित     529 No Comments


पेट्रोलियम पदार्थको मुल्यबृद्दी फिर्ता नलिए आयल निगम ध्वस्त पार्छौ: वक्ताहरु
हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाहरुले नेपाल आयल निगमको दाङ स्थित तुलसीपुर इन्धन डिपो कार्यालय घेराउ गरेका छन।

शुक्रवार १ घण्टा इन्धन डिपो कार्याल घेराउ पछिको बिरोध सभालाइ सम्बोधन गर्ने वक्ताहरुले पेट्रोलियम पदार्थको मुल्यबृद्दी तत्काल फिर्ता नलिए अझ कडा संघर्षका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका इन्चार्ज दिपकले शान्तिपुर्ण ढंगले मुल्यबृद्दी फिर्ताको आन्दोलनलाई नटेरे आयल निगमलाइ जनताले ध्वस्त पार्ने चेतावनी दिनुभएको थियो। उहाले भन्नुभयो,” दलाल सत्ताले जनताको शान्तिपुर्ण आन्दोलन मार्फत मुल्यबृद्दी फिर्ताको माग सुनुवाइ नगरे जनताले यो भ्रष्ट आयल निगममा आगो लगाउछन।”
नेता बिष्टले ८४ रुपैयाँमा किनेको पेट्रोल १४२ रुपैयाँमा बेच्दा समेत घाटा हुन्छ भनेर आयल निगमले जनताको आखामा छारो हालेको समेत बताउनुभएको हो।
उहाले दलाल सत्ताले जनताको धैर्यता तोड्न खोजिरहेको बताउदै जुनदिन आफुहरुको धैर्यताको सिमा तोडिन्छ सत्ताले आन्दोलन थेग्न नसक्ने चेतावनी समेत दिनुभयो।

कार्यक्रमलाइ सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य सुरजले नेपाली जनताको उठिबास गराउने गरि गरिएको मुल्यबृद्दी,महंगी,भ्रस्टाचार,कमिसनखोरका विरुद्ध आफुहरु जुनसुकै मूल्य चुकाउन तयार भएको तर दलाल पुजीवादी सत्ताको हर्कत सहेर नबस्ने बताउनुभएको थियो। उहाले राष्ट्र,राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको सवालमा दलाल सत्ता रत्तिभर जिम्मेवार नभएको प्रती कडा आक्रोश प्रकट गर्दै नेता सुरजले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म वास्तविक शान्ति,समृद्धि र स्वाधीनता प्राप्त नहुने जिकिर समेत गर्नुभएको थियो।

यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज मनोजले नेपाली श्रमजीवी लाखौं युवाहरु यतिबेला मुल्यबृद्दीको बिरोधमा सडकमा संघर्ष गरिरहेको बताउनुभएको थियो। उहाले युवाहरुको आन्दोलन प्रती राज्य बारम्बार बेखबर बनिरहेको स्मरण गर्दै मुल्यबृद्दी तत्काल खारेज नगरे भ्रष्ट आयल निगमले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी समेत दिनुभएको थियो। नेता मनोजले आफुहरुले शान्तिपुर्ण ढंगले उच्च लोकतान्त्रिक प्रयोग गरि जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादको एजेन्डा लिएर अघि बढेकाले एकपटक नेपाली जनतालाइ व्यवस्था चुन्ने अधिकार दिनुपर्ने बताउनुभएको थियो।
आयल निगम घेराउ पछिको बिरोध सभालाइ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजयले सहजीकरण गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार