युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सम्पन्न

डेली न्युजराप्ती       १३ कार्तिक २०७८ २१:४५ मा प्रकाशित     516 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ।

दाङको घोराही स्थित सहिद मन्चमा भएको भव्य उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)को प्रमुख आतिथ्य रहेको थियो।

भव्य उद्घाटन समारोहलाई नेकपाका महासचिव विप्लव लगाएत समारोहका अतिथिहरुले मैनबत्ती बालेर साथै पटका पट्काएर उद्घाटन गरेका हुन।
पार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनलाइ सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले युवाहरु निराश हुनुनहुने धारणा राख्नुभयो। उहाले संसारभरि श्रम गर्न पुगेका नेपाली श्रमजीवी युवाहरुले ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाइ नियालिरहेको भन्दै तमाम बिदेशी भुमिमा सस्तो श्रममा बेचिएका युवाहरुको आवाजलाइ संगठनले सम्बोधन गर्ने बेला आएको बताउनुभयो। विप्लवले दलाल पुजीवादी सत्ताले आफुहरुलाइ प्रतिबन्ध लगाएर समुल नष्ट गर्न खोजेको समेत जिकिर गर्नुभयो।

नेता विप्लवले आफुहरु जहिले पनि शान्तीपुर्ण ढंगले राजनितिक कार्यक्रम अघि बढाइरहेको भएतापनि दलाल सत्ताले युद्धमा जबर्जस्त होम्न खोजेको जिकिर गर्नुभयो।
एक फरक प्रसंगमा नेता विप्लवले संसदीय व्यवस्था पुर्ण रुपले असफल सिद्ध भइसकेको बताउदै अब नेपालमा बैज्ञानिक समाजवाद स्थापनाको विकल्प नरहेको समेत स्पष्ट पार्नुभयो। उहाले भन्नुभयो,”हामी शान्तिपुर्ण बाटोबाट जनमतसंग्रह मार्फत नेपालमा जनतालाइ व्यवस्था चुन्ने अधिकार दिने एजेन्डा लिएर आएका छौं, हामिलाइ बन्दुके र अधिनायकवादि भन्नेहरु व्यवस्था चुन्ने अधिकार जनतालाइ दिन तयार हुनुपर्छ”। नेता विप्लवले तिन बुदे सहमति कार्यान्वयन गर्न राज्य तयार नभएको प्रती असन्तुष्टि जनाउदै कुनैपनी हालतमा षड्यन्त्रका तानाबाना बुन्न थाले आफुहरुले घेरा तोडेर जनतामा जाने उद्घोष गर्नुभयो।

कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश शाही,अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को केन्द्रीय समितिकि उपाध्यक्ष भृकुटी,नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल,नेकपाका केन्द्रीय सदस्य एवम संगठनका पुर्व केन्द्रीय अध्यक्ष दिपक,नेकपाका केन्द्रीय सचिवालय सदस्य विषम र नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा स्कुलिङ बिभाग प्रमुख सुदर्शनले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा नेकपाका केन्द्रीय समिति सदस्य तथा युवा संगठन नेपालका इन्चार्ज कृती,नेकपाका केन्द्रीय सदस्यहरु असल,सबिन,जागृती,प्रज्वलन,नेकपाका निवर्तमान दाङ जिल्ला इन्चार्ज बिक्रम,दलित मुक्ती मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष सीता बिक(सम्झना),नेकपाका दाङ जिल्ला सेक्रेटरी प्रदिप लगाएतको आतिथ्य रहेको थियो।
युवा संगठन नेपालका केन्द्रीय महासचिव सागरको स्वागत मन्तव्यबाट सुरु भएको चौथो राष्ट्रिय सम्मेलनको संचालन संगठनका केन्द्रीय उपाध्यक्ष दिनेशले गर्नुभएको थियो भने भव्य उद्घाटन समारोहको अध्यक्षता युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक पाटन जंगलीले गर्नुभएको थियो। कार्यक्रममा सामना सांस्कृतिक पारिवारले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेको थियो भने चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोहमा संगठनले संगठनका संस्थापक अध्यक्ष,दोस्रो राष्ट्रिय सम्मेलनका अध्यक्ष तथा प्रथम राष्ट्रिय भेला आयोजक समितिका संयोजकलाइ सम्मान पत्र सहित सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार