मेस्सी चम्किएपछि अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

डेली न्युजराप्ती       १८ मंसिर २०७९ ०८:२३ मा प्रकाशित     120 No Comments

काठमाडौ, १८ मंसिर । अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । अहमद बिन अल स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र जुलियन आल्भारेजले एक–एक गोल गर्नुभयो । यता अष्ट्रेलियाका लागि कार्गी गुडोइनले एक गोल फर्काएका थिए । मेस्सीले खेलको ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि खेलको ५७ औं मिनेटमा आल्भारेजले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ७७ औं मिनेटमा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न नसकेको बताइएको छ । अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलियाले आत्मघाती गोल उपहार पाएपनि खेलमा जित निकाल्न नसकेको हो । अर्जेन्टिनाका एन्जो फर्नान्डेजले आत्मघाती गोल गर्दा अष्ट्रेलिया २–१ गोलको अवस्थामा सिजन अन्त्य गर्यो । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार