महंगी रोक्नुपर्ने मागसहित युवा संगठन नेपालद्वारा ७७ जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश

डेली न्युजराप्ती       १५ आश्विन २०८० १५:३९ मा प्रकाशित     439 No Comments

हेमन्त प्रकाश ओली ।

असोज १५ , दाङ । नेकपा निकट युवा संगठनले ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संगठनले आज सोमबार देशैभरी एकैसाथ जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ५ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संगठनले बजारमा मौलाउदै गएको महंगी , कालोबजारी , अखाद्य बस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाघेकाले त्यसको नियमन , नियन्त्रण र कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यस्तै युवा संगठन नेपालद्वारा ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा पेश गरिएको ५ बुदे ज्ञापनपत्रमा कृतिम अभाव सृजना गर्नेहरुलाई अध्यन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउनुपर्ने , चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्नुपर्ने , अखाद्य बस्तु (म्याद सकिएका गुणस्तरहिन) हरुको बिक्रीवितरण भईरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्नुपर्ने , बस्तुको खरिद मुल्यको २० प्रतिसत मुनाफा लिन पाउने राज्यको नियम बिपरित सतप्रतिसत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्नुपर्ने , प्रशासन कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागूऔषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्नुपर्ने माग राखिएको छ ।

यस्तै युवा संगठन नेपाल केन्द्रीय समितीले आज काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ भने दाङसहित देशैभर संगठनले विभिन्न ५ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको संगठनका केन्द्रीय अध्यक्ष पाटन सीले जानकारी दिनुभएको छ ।

यस्तो छ ज्ञापनपत्रको पुरापाठ:-

श्री जिल्ला प्रसासन कार्यालय प्रमुख ज्यु

जिल्ला प्रसासन कार्यालय ……. 

                 बिषय:- ध्यानाकर्षण पत्र

 हाम्रो जनप्रिय संगठन युवा संगठन नेपाल लामो समय देखी राष्ट्रियता, जनतन्त्र, जनजिबिका, जनअधिकार, सार्बभौमसत्ता तथा स्वाधीनताका पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको छ । संगठनको स्थापना काल देखि भ्रष्टाचार, कालोबजारी, महंगी, कमिसनखोरी तथा देश र जनताको विरुद्धमा हुने सबै प्रकारका अन्यायको विरुद्धमा सशक्त प्रतिरोध गर्दै आइरहेको सबैमा जगजाहेर छ । तसर्थ पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, अखाद्य बस्तुको बिक्रीबितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको छ । खाद्यान्न बस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा (२०%) भन्दा कैयौं गुणा मुनाफा लिनु तथा म्याद सकियका अखाद्य बस्तुहरुको बिक्रीबितरण गर्ने कार्य भैरहेको अवगत गराउदछौं । यो अवधी भनेको चाडपर्वको अवधी भएकोले माथी उल्लेखित ब्यथितिहरु चरमरुपमा बढ्ने छन । तसर्थ ब्यथिति गर्नेहरुलाई नियन्त्रण र कार्बाही गरि जनतालाई सहज वातावरण सृजना गर्न ध्यानाकर्षण गर्दछौं । 

मौजुदा राज्यका नियम कानुनहरुलाई लागू गराउनु, साना ठुला उद्योग कलकारखाना तथा ब्यपार ब्यवसायिहरुलाई नियमन र नियन्त्रण गर्नु यश कार्यालयको प्रमुख दायित्व भएकोले नियमीत  रुपमा उक्त कार्य गर्न सचेत गर्दछौं । यो संगै स्थानीय तह (अधिकार क्षेत्र भित्र) हरु भित्र हुने संस्थागत तथा ब्यक्तिगत भ्रष्टाचार, कमिसन, वा कुनै पनि प्रकारले राज्यको सम्पतीहरुको दोहन गर्ने कार्यहरुलाई नियन्त्रण गर्नु र कार्बाहिको दायरामा ल्याउनु यश कार्यालयको मुख्य दायित्व हो । तसर्थ उक्त कार्यहरुलाई नियन्त्रण गरि ब्यथितिहरुको अन्त्य र सुसासन तथा जनताको आधारभुत समस्याहरुको समाधान गर्न जोडदार माग गर्दछौं । अन्त: सबै प्रकारका ब्यथितिहरुका विरुद्ध संघर्ष गर्ने अवगत गर्दै निम्न्न मागहरु पूरा गर्न गम्भीर ध्यानाकर्षण गर्दछौं ।

१- कृतिम अभाव सृजना गर्नेहरुलाई अध्यान, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।

२- चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं ।

३- अखाद्य बस्तु (म्याद सकियका गुणस्तरहिन) हरुको बिक्रीवितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न माग गर्दछौं ।

४- बस्तुको खरिद मुल्यको २० प्रतिसत मुनाफा लिन पाउने राज्यको नियम बिपरित सतप्रतिसत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौं ।

५- यश कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागू औषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्न जोडदार माग गर्द छौं । 

क्रान्तिकारी अभिबादन सहित!

मिति:- २०८० असोज १५         ………………………..

                                              क. …………. सी

                                            अध्यक्ष वा संयोजक

                                             युवा संगठन नेपाल 

                                             जिल्ला समिती…….

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार