कार्तिक ३०,दाङ ।विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले यो वर्ष तुलसीपुरमा २३० क्विन्टल धान फलाएको जनाएको छ ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पार्टीले यो वर्ष तुलसीपुर उत्पादन केन्द्रमा मात्रै २३० क्विन्टल धान उत्पादन गरेको जानकारी दिएका छन् ।
पार्टीले नयाँ अवलम्बन गरेको एकीकृत स्वामित्वको प्रणाली र पार्टीको स्वामित्व गरि साढे ७ बिघा क्षेत्रफलमा धान खेती गरेको थियो ।
यस्तै पार्टीले उत्पादित धानबाट करिव ३ लाख ५० हजार बराबरको धान बिक्री समेत गरेको छ भने बाकी परिमाणको धान पार्टीका आन्तरिक कार्यक्रमका लागि गोदाममा स्टक गरिएको जनाएको छ ।
घोराही र देउखुरी उत्पादन केन्द्रमा ध्यान भित्र्याउने कार्य चलिरहेको र अबको सातादिन भित्रै कार्य सम्पन्न गरिने नेकपाका जिल्ला इन्चार्ज सविन सीले बताए ।
यो वर्ष अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएको समेत नेकपाले जनाएको छ ।
नेकपाले आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेताकार्यकर्ता र आत्मनिर्भर देश र जनताको एजेन्डा सहित देशव्यापी हजारौं बिघा जमिनमा कृषि उत्पादनको कार्यलाई अगाडि बढाएको छ ।
पार्टीले जनकम्युनको अवधारणासहित सामुहिक श्रम गर्दै कृषि उत्पादन गरिरहेको छ ।
पार्टीले कृषि उत्पादन मार्फत आत्मनिर्भर र उधोग कलकारखाना मार्फत समृद्धिको नीति पास गर्दै समाजवादी व्यवस्थाको मोडेल अनुसार उत्पादन कार्यलाई अघि बढाएको हो ।
नेकपाले अहिलेको संसदीय व्यवस्थाको विकल्पमा नेपाली बिशेषताको समाजवादको प्रस्ताव अघि सार्दै राजनितिक कोर्समा दृढताका साथ अघि बढेको छ ।
विप्लवको उत्पादन नितिले जनता नेकपाप्रती आकर्षित हुँदै गएको बिश्लेषकहरुले बताउने गरेका छन् ।
यता नेकपाले ०८४ को निर्वाचनलाई समाजवादी अभियानको रुपमा संघर्षको मोर्चा बनाएर उपयोग गर्ने निर्णय गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.