तुलसीपुर २०-मंसिर/ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको कार्यालय सारिएको छ । गएराती अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्रीको कार्यालय देउखुरीमा सारिएको हो ।
बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु गएराती तीन वटा ट्रकमा सारिएको जनाइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै गर्नेछन् ।
मुख्यमन्त्री कार्यालय स्थानान्तरणका लागि देउखुरीमा रहेको भवन मर्मत गरिएको थियो। स्थायी राजधानी कार्यान्वयनका लागि मुख्यमन्त्री केसीले केहि दिन देखि देउखुरीमै बसेर तयारी गरिरहेका थिए ।
नव निर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि स्थायी राजधानीमै गर्नेगरी प्रदेश सरकारले तयारी गरेको छ। मुख्यमन्त्री कार्यालय स्थानान्तरण भएपछि अब मन्त्रालयहरु पनि यसै महिना भित्रै सारी सक्ने प्रदेश सरकारको तयारी छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.