युवा संगठन नेपाल घोराही नगरको बैठक सम्पन्न

डेली न्युजराप्ती       २५ श्रावण २०७८ १९:५० मा प्रकाशित     854 No Comments


हेमन्त वली श्रावण-२५, दाङ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत घोराही नगर कमिटीको बैठक सोमबार सम्पन्न भएको छ।

संगठनका केन्द्रीय संयोजक पाटनको प्रमुख आतिथ्यमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य तिलक,संगठन का दाङ जिल्ला इन्चार्ज मनोज,नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य महानको बिशेष उपस्थिति रहेको थियो।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रीय संयोजक पाटनले जनता र राष्ट्रको मुक्तिका लागि युवाहरु सधै बलिदान दिन तयार हुनुपर्ने धारणा राखे।संयोजक पाटनले साम्राज्यवादले पटक-पटक नेपालको राष्ट्रियता माथि गम्भीर प्रहार गरिरहेको,नागरिको हत्या गर्ने जस्ता अमानवीय हिंस्रक प्रहारको घोर निन्दा गरे।उनले भने,” भारतिय साम्राज्यवादले बारम्बार प्रहार गरिरहेको छ,नेपालका नेताहरु साम्राज्यवादका दास बनेका छन”।
नेता पाटनले यो व्यवस्था रहेसम्म साम्राज्यवादि अतिक्रमण,दमन,शोषण,जनघात,राष्ट्रघात भइरहने बताए।
उनले सबै युवाहरुलाई वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाको लागि एकीकृत जनक्रान्तिको बाटोमा लामबद्ध गराउन संगठन केन्द्रित रहन आग्रह गरे।
जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाइ दिने एजेन्डाका विरुद्धका लुटेरा शक्तिहरु संग संघर्ष गर्न नेता पाटनको अपिल थियो।

बैठकले नगरमा अन्तर्क्रीया,प्रशिक्षण संचालन गर्ने,क्रान्तिकारी,देशभक्त,प्रगतिशील युवाहरुको ध्रुवीकरणलाई व्यापक गर्ने,संगठनका वडा भेला/सम्मेलन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।बैठकले २७ सदस्यीय नगर कमिटी पनि चयन गरेको छ।
बैठकको संचालन तथा अध्यक्षता युवा संगठन नेपाल घोराही नगर इन्चार्ज पदमले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार