दाङ । समाजवादी मोर्चा नेपाल दाङले दाङका सबै पालिकाहरुमा कार्तिक १५ गतेसम्म पालिकास्तरको समाजवादी मोर्चा गठन गर्ने भएको छ । मोर्चाको आज घोराहीमा बसेको बैठकले समावेशीतालाई ध्यान दिई अध्यक्ष सहित दुई/दुई जना रहने गरी कार्तिक १५ गतेसम्म पालिकास्तरको मोर्चा गठन गर्ने निर्णय भएको हो ।
समाजवादी मोर्चा दाङका संयोजक एवं (माओवादी केन्द्र) दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको अध्यक्षतामा आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । मोर्चाको बैठकले समाजवादी मोर्चा जिल्ला समिति दाङ गठनको घोषणा तथा समिति गठन गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै समाजवादी यात्रामा निरन्तर लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
समितिको नेतृत्व क्रमश सवै घटक दलले गर्ने सहमति अनुसार हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरको संयोजकत्वमा दाङ जिल्ला समिति गठन गरिएको बैठक पछी जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जसको अन्य सदस्यहरुमा एकिकृत समाजवादी दाङका अध्यक्ष भुप बहादुर केसी, माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य ,नपाल कम्युनिष्ट पार्टीका प्रदिप सी ,विक्रम सी,माओवादी केन्द्रका राधिका परियार, जनता समाजवादी पार्टिका दाङ जिल्ला अध्यक्ष जगतराम यादव,नजिर अहमद सिद्धिकी, भरतराज चौधरी, एकिकृत समाजबादीका हरिकला बाँठा ,गजेन्द्र बहादुर खड्का रहनुभएको छ । त्यसैगरी समाजवादी मोर्चाको दैनिक कामकाज संचालनका लागि ४ सदस्य सचिवालय समेत गठन गरिएको छ ।
जसमा नेकपा माओवादी केन्द्रका दाङ जिल्ला सचिव विश्वराज आचार्य ,नेकपाका प्रदिव वली सी , एकिकृत समाजवादीका हरिकला बाँठा र जसपाका नजिर अमहद सिद्धिकी रहनुभएको छ । मोर्चाले २०८० साल कार्तिक १७ गते घोराहीमा सन्देश सभा गर्ने तथा सम्पूर्ण काम कार्वाहीमा सहकार्य गर्ने निर्णय गरिएको बैठक पछि मोर्चाका दाङ जिल्ला संयोजक तुल्सीराम पुनमगरले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.