८-जेठ/ दाङमा युवतीलाई बलात्कार गरेको आरोपमा प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख प्रकाउ परेका छन् । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ५ रातोडाँडाँ निवासी ४४ वर्षीय शेषमणि गौतम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजन गौतमले जानकारी दिए । शेषमणि देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख हुन् ।
आरोपी गौतमले आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको थियो । उजुरी परेसँगै गौतमलाई आइतबार बेलुका ८ बजेको समयमा उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए । अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.