भालुबाङमा विप्लव नेकपा सम्बद्ध जातिय मोर्चा सहित संयुक्त जातिय मोर्चाद्वारा एमसिसी विरुद्ध प्रदर्शन

डेली न्युजराप्ती       ५ चैत्र २०७८ १६:३४ मा प्रकाशित     352 No Comments


न्यूजराप्ती।चैत्र ५,भालुबाङ। दाङको भालुबाङमा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ।
आज शनिबार विप्लव नेतृत्वको नेकपा निकट श्रमिक समुदाय मोर्चा नेपाल,राष्ट्रिय जनमोर्चा निकट जातिय समता समाज र नेकपा(क्रान्तिकारी माओवादी) निकट दलित मुक्ती मोर्चा नेपालको संयुक्त आयोजनामा राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन सम्पन्न भएको हो।
एमसिसी विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम बिरोध प्रदर्शन र्याली सहित भालुबाङ बजार परिक्रमा पस्चात कोणसभामा परिणत भएको थियो।

बिरोध प्रदर्शन पछिको कोणसभालाइ सम्बोधन गर्दै श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रिय सदस्य सुरजले उत्पीडित जातीले अधिकार प्राप्तीका लागि दलाल पुजीवादी राज्यसत्तालाई ध्वस्त गर्नैपर्ने बताएका थिए। श्रमिक जनताले आफ्नो राज्यसत्ता स्थापना नगर्दासम्म सबैखाले बिभेदबाट मुक्त हुन नसक्ने स्पष्ट पारेका हुन। नेता सुरजले राष्ट्रघाती एमसिसी सम्झौता कुनैपनी हालतमा लागू हुन नदिने बताए। उनले भने – ‘ हामी जिवित रहदासम्म एमसिसि लागू गर्ने सपना नदेखे हुन्छ, हामी मृत्युवरण गर्छौ तर देश बेच्न दिदैनौ ।’
नेता सुरजले अमेरिकी साम्राज्यवादका नेपाली दलालहरुले नेपाली जनतालाइ थुप्रै भ्रम फिजाएर जबर्जस्त एमसिसी पास गरेको भनाइ थियो। जबर्जस्त संसदलाइ काडेतार र सुरक्षाकर्मीले घेरेर रातारात राष्ट्रघात गरेपनी नेपाली धर्तीमा एमसिसि लागू हुन नदिने चेतावनी दिए।
नेता सुरजले नेपालमा बढ्दो कम्युनिस्ट प्रभाव,बिश्वमा उदयीमान महाशक्ति राष्ट्र चिन लक्षित आक्रमण लगाएत नेपालका बहुमुल्य धातु,खनिज र स्रोत साधनहरुलाइ कब्जा गर्ने रणनीति सहित अमेरिकी साम्राज्यवादले नेपालमा गिद्देनजर लगाएको सुरजको धारणा थियो।

यस्तै कोणसभालाइ सम्बोधन गर्दै जातिय समता समाजका केन्द्रिय सल्लाहकार एवम लुम्बिनी प्रदेश कमिटी सदस्य चन्द्र बहादुर नेपालीले एमसिसी पास गरेर राष्ट्रघात गरेका बिदेशी दलालहरुलाइ गाउगाउमा भोट माग्न आए भाटे कार्वाही गर्नुपर्ने बताए। उनले व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघात गरेका शासकहरु गाउमा आए राम्रोसंग हिसाबकिताब गरिने चेतावनी समेत दिएका थिए।

यस्तै कोणसभालाई सम्बोधन गर्दै दलित मुक्ती मोर्चा नेपालका दाङ जिल्ला अध्यक्ष तिलक बिकले जहाँजहाँ एमसिसि लागू भयो त्यहा विकास होइन बिनाश भएको बताए। उनले ६५% कम्युनिस्ट प्रभावलाई रोक्न,चिनलाइ घेर्न र युरेनियम लगाएत बहुमुल्य धातु कब्जा गर्ने मुख्य रणनीति सहित अमेरिका नेपालमा आएको स्पष्ट पारेका थिए।
कोणसभाको सहजीकरण जातिय समता समाजका जिल्ला सचिव बलदेब बिश्वकर्माले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार