तुलसीपुर– १७ मा लबरुका छोरा प्रदिप भए वडाध्यक्षका उम्मेदवार

डेली न्युजराप्ती       २८ बैशाख २०७९ १३:११ मा प्रकाशित     315 No Comments


तुलसीपुर, २८ बैशाख । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उहाँको ठाउँमा छोरालाई उम्मेदवार बनाएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ सहइन्चार्ज घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ । बुधबार आज मनोनयन दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार