युवा नेता दिपेन्द्रले मनाए जन्मदिन, सहिद सन्ततीलाई पाठ्यसामग्री सहयोगको घोषणा

डेली न्युजराप्ती       १५ मंसिर २०७८ १८:३९ मा प्रकाशित     725 No Comments


हेमन्त प्रकाश वली,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङका कोषाध्यक्ष दिपेन्द्र वलीले जन्मदिन मनाएका छन।

पार्टीका जिल्ला सेक्रेटरी प्रदिप लगाएतका नेताहरुको हातबाट रातो टीका ग्रहण गर्दै दिपेन्द्रले २३औ जन्मदिन मनाएका हुन। जन्मदिनको अवसरमा नेता-कार्यकर्ताहरुको हातबाट ग्रहण गरेको रातो टिकालाइ क्रान्तीको यात्रामा निरन्तर दृढ रहने संकल्प सहितको टिकाको रुपमा बुझेको दिपेन्द्रले बताए। उनले जन्मदिनको अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मानपुर स्थित सहिद स्मृती आवासीय माध्यामिक बिधालयमा अध्ययनरत बालबालिकाहरुलाइ आवश्यक पाठ्यसामग्री सहयोग गर्ने घोषणा गरेका छन।

उनले भने,” जन्मदिनको अवसरमा अघिल्ला बर्षहरुमा असहाय,गरिब,अशक्त बालबालिकाहरुलाइ पोशाक, पाठ्यसामाग्री बितरण गरेको हु, यो पटक शहिदका सन्ततिलाई आवस्यक पाठ्यसामग्री बितरण गर्ने छु”।
जन्मदिन मनाउने नाममा अनावश्यक खर्चिलो,भड्किलो गर्नुभन्दा समाजमा रहेका असहाय,अशक्त,गरिब,दिनदुखीहरुलाइ सहयोग गरेर मनाउनुपर्नेमा नेता दिपेन्द्रको जोड थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार