स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको घरदैलो कार्यक्रम: पानी माग्दा ‘चिनीपानी’

डेली न्युजराप्ती       २० बैशाख २०७९ २१:११ मा प्रकाशित     293 No Comments


बैशाख २०,तुलसीपुर।
दाङमा बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि मतदानको अपिल सहित दलहरु घरदैलो कार्यक्रम व्यस्त छन।
यस्तै स्थानीय निर्वाचनमा नेकपाको समर्थनमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको प्यानल पनि यतिबेला घरदैलो कार्यक्रम सहित मतदाताका घरघरमा पुगेको छ।
दाङमा विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका स्वतन्त्र उम्मेदवारहरु आफ्ना प्रतिबद्धता लिएर निर्वाचनमा होमिएका छन।

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका वडा नं. १,३,५,७,९,१२,१५ र १९ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका देशभक्त एवम जनपक्षीय उम्मेदवारहरु घरदैलो कार्यक्रम सहित जनतामा पुग्ने गरेका छन।
यस्तै आज मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुले घरदैलो कार्यक्रम मार्फत मतदानको अपिल गरेका छन।

घरदैलो कार्यक्रम लिएर जनताको घरमा पुगिरहेका स्वतन्त्र उम्मेदवारहरुले एक मतदाताको घरमा पानी प्यास मेटाउन पानी माग्दा मतदाताले पानीमा चिनी घोलेर खुवाएका थिए।
तुलसीपुर-१२ मा स्वतन्त्र उम्मेदवारहरुलाइ जनताले घरदैलो कार्यक्रममा भव्य स्वागत गर्ने गरेका छन।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ हेमनगरमा घरदैलो लिएर पुगेका स्वतन्त्र उम्मेद्वारहरुलाइ जनताले भव्य स्वागत गरेका हुन।
तुलसीपुर १२ हेमनगर टोलमा बसोबास गर्ने एक मतदाताले भने– ‘थुप्रै दललाइ मतदान गर्यौ सबै बिग्रीए,तपाइँहरुलाई मतदान गर्छौं राम्रो काम गर्नुहोला।’
यसपटकको निर्वाचनमा आम मतदाताले पुतली चुनाव चिन्ह सहित निर्वाचनमा होमिएको स्वतन्त्र प्यानलाइ मतदान गर्ने बताएका छन।
तुलसीपुर-१२ मा स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार कुल बहादुर वली(प्रतिरोध),वडा सदस्यका उम्मेदवारहरु टंक बहादुर खत्री र महेश चौधरी निर्वाचनमा होमिएका छन।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा खेमराज वलीले स्वतन्त्र उप-मेयर पदमा उम्मेदवारी दिएका छन।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई नेपालकै उत्कृष्ट खानेपानी संस्था बनाएका अनुभवी,सबल र सक्षम व्यक्ती खेमराज वली लोकप्रिय नेता हुन। अन्य दलका उप-मेयर पदका उम्मेदवारहरु भन्दा खेमराज वली अब्बल भएको आम मतदाताको बुझाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार