अखिल(क्रान्तिकारी) ले दल्यो पन्तलाइ कालोमोसो,लाखौं रकम घोटाला गरि क्याम्पस धराशायी बनाएको आरोप

डेली न्युजराप्ती       ५ भाद्र २०७८ २०:५५ मा प्रकाशित     1892 No Comments


हेमन्त वली,काठमाडौ।
काठमाडौको चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसका तत्कालिन अध्यक्ष विष्णु प्रसाद पन्तलाई अखिल (क्रान्तिकारी) पशुपति बहुमुखि क्याम्पस ईकाई समिति चावाहिलले कालोमोसो दलेर कार्वाही गरेको जनाएको छ।

पशुपति बहुमुखी क्याम्पस इकाइ समितीका अध्यक्ष सुबाश महतले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै क्याम्पसमा नाताबाद,व्यक्तिगत मनोमानी गर्दै लाखौं/करोडौं घोटाला गर्दै र घोटाला गरेका व्यक्तिहरूलाई बचाउदै आफू सम्पुर्ण रुपमा बच्न संगठनले संघर्ष अगाडी बढाउदा पटक-पटक छलफल वार्ताको लागि पहल गर्दा अटेर गरि राजीनामा दिई भागेकाले संगठनले कार्वाही गरेको उल्लेख गरेका छन।
बिज्ञप्तिमा उक्त घोटालामा मुछिएका,घोटालाको छानवीन गर्न बनेको समितिको प्रतिबेदन सार्वजनिक नगर्ने,संस्था धराशायी बनाउन खोज्ने सबै अपराधीहरुलाइ संगठन चरणबद्ध रुपमा कारवाही गर्ने र कार्वाही प्रक्रिया अगाडी बढाइएको उल्लेख गरिएको छ।

कालोमोसो दलेर कार्वाही गरेको संगठनले विष्णु प्रसाद पन्तलाई कारवाही किन भनेर पर्चा छरेको बताइएको छ।पर्चामा विभिन्न शिर्षकमा केही बिद्यार्थी संगठन र केही कर्मचारीहरुलाइ घुस खुवाइ लाखौं रकम घोटाला गरेको,क्याम्पस सभा TU बिधान विपरीत गर्न खोजेको,सामुदायिक क्याम्पसमा अत्याधिक नातावाद हावी गरेको,करोडौं घोटाला गरि राजिनामा दिई भाग्न खोजेको,लेखा परिक्षण प्रतिबेदन,आर्थिक छानबिन समितिको प्रतिबेदन सार्वजनिक नगरेको,करोडौं घोटाला गरेका व्यक्तिहरुलाई निष्पक्ष छानबिन नगरि बचाउन खोजेको,सामुदायिक क्याम्पस धराशायी बनाएकोले कार्वाही गरेको संगठनले पर्चामा उल्लेख गरेको छ।
संगठनले कारवाही गर्नुको कारण सहितको सामाजिक बहिष्कार लेखिएको ब्यानर पनि टासेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार