पूर्वमा चलिरहेको पहिचानको आन्दोलन नेपाली जनताको पुरानो राज्यसत्ता संगको लडाई हो: विप्लव

डेली न्युजराप्ती       ३१ जेष्ठ २०८० १३:२४ मा प्रकाशित     122 No Comments

कमल विश्वकर्मा
काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पूर्वमा चलिरहेको पहिचानको आन्दोलन उत्पीडित नेपाली जनाताको पुरानो राज्य सत्तासंगको लडाई भएकाे बताएका छन्।प्रदेश न १ को इटहरीमा मङ्गलवार “जातीय सवाल र समाजवाद” शीर्षकमा भएकाे अन्तर्कृया कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्ताे वताएका हुन्।

उनले एकिकृत जनक्रान्तिको लडाई जातिय मुक्तिको आन्दोलन सहितकाे लडाई भएकाे बताएका छन्। उनले भने “यो आन्दोलन भनेकै नेपालका श्रमिक, किसान, मजदुर,युवा, महिला,उत्पीडित वर्ग, मधेस सबैको एकिकृत र केन्द्रीकृत लडाई हो याे सङ्गसङ्गै हामी अगाडी बढिरहेका छौं, पुर्वमा चलिरहेको आन्दोलन उत्पीडित नेपाली जनाताको पुरानो राज्य सत्ता संगको लडाईको एउटा फाँट हो।”

“जातीय र पहिचानको आन्दोलन भनेको दुःख पाएका उत्पिडित मान्छेहरुकोको कुरा मात्र होइन, आफनो अधिकारलाई बुझ्ने, समाजलाई बुझ्ने र समाजको परिस्थितिलाई बुझ्ने मान्छेहरुको विद्रोह पनि हो। यो विद्रोहलाई उडान गर्ने मात्र होइन; सचेत ढङ्गले अवतरण पनि गर्नुपर्छ तर त्यो अवतरण संसदवादमा होईन !जनाताको अधिकार र मुक्ति पूँजीवाद रहेसम्म सम्भव छैन ,अधिकार त पाउलान् तर पुर्ण अधिकार सम्भव छैन, किनकी पुँजीवाद नीजत्वमा बाँचेको हुन्छ , यसले समाधान गर्न सक्तैन “-महासचिव विप्लवले भने।

सम्बोधनको क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव भएको ठोकुवा गर्दै समाजवादले मात्रै सबै उत्पीडित जनताको अधिकार र मुक्ति संभव रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार