चर्को महंगी र भाडावृद्धि विरुद्ध कैलालीको अत्तरियामा नेकपाद्वारा विरोध प्रदर्शन

डेली न्युजराप्ती       ५ असार २०७९ २१:३८ मा प्रकाशित     191 No Comments


५ असार /धनगढी
चर्को महँगी र भाडा वृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी कैलालीले विरोध प्रदर्शन गरेको छ। कैलालीको अत्तरियामा नेकपाले विरोध जुलुस सहित प्रदर्शन गरेको हो। विरोध जुलुस अत्तरिया नगर परिक्रमा गर्दै महेन्द्रनगर रोड वरपिपल गल्लिस्थित गएर कोणसभामा परिणत भएको थियो ।कोणसभालाई नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव असल शर्माले सम्बोधन गरेका थिए। कोणसभालाई सम्बोधन गर्दै सचिव शर्माले सरकारले पेट्रोलियम पदार्थको हप्तैपिच्छे मुल्यवृद्धि गरेर जनतामाथि महंगी थोपरेको बताए। एमसीसी सम्झौता जबरजस्त लादेको वर्तमान सरकारले अमेरिकी सैन्य गठबन्धनमा सहभागि हुन एसपीपी सम्झौता गर्न खोजेपछि जनताको व्यापक विरोध पश्चात पछि हटेपनि जुनसुकै बेला गर्न सक्ने भएकोले आफ्नो पार्टीले निरन्तर खबरदारी गरिरहेको उल्लेख गरे। वर्षायाम लागिसक्दा पनि मल उपलब्ध गराउन नसक्नु सरकारको नालायकीपन र गैह्रजिम्मेवारीपन भएको नेता शर्माको जिकिर थियो।कोणसभालाई नेकपा विशेष समिति सदस्य विनोद बिष्ट ले समेत सम्बोधन गरेका थिए भने संचालन पुर्ण खड्काले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार