रुसी सेनामा गएका ७ जना नेपालीको मृत्यु , मृत्यु हुनेको संख्या कति पुग्यो?

डेली न्युजराप्ती       २ चैत्र २०८० ०७:०० मा प्रकाशित     114 No Comments

दाङ । रुसी सेनामा कार्यरत थप सात जना नेपाली नागरिकको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान रहेको पुष्टि भएको मन्त्रालयले आज जानकारी दिएको हो । साथै मन्त्रालयले परम्परागत सम्झौताअन्तर्गत केही देशका राष्ट्रिय सेनामा बाहेक अरू विदेशी सेनामा भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको पनि स्पष्ट पारेको छ ।

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारले उच्च प्रयास तथा कुटनीतिक प्रयासलाई जारी नै राखेको जनाएको छ । योसँगै रुसी सेनामा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या १९ जना पुगेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति तथा घाइतेको उपचार र कार्यरत नेपालीलाई फिर्ता पठाउन निरन्तर अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ ।।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार