गाउँगाउँमा युवाहरु नेकपामा संगठित हुँदै , युवा संगठन नेपालको शान्तिनगर गाउँ भेला सम्पन्न

डेली न्युजराप्ती       २८ पुष २०८० १५:४३ मा प्रकाशित     222 No Comments

हेमन्त प्रकाश ओली ।

पौष २८ , दाङ । दाङका विभिन्न गाउँगाउँबाट युवाहरु नेकपामा संगठित भइरहेका छन् ।

शनिबार शान्तिनगर गाउँपालिकामा मात्रै सयौंको संख्यामा युवाहरु नेकपामा संगठित भएका हुन् ।

नेकपा निकट युवा संगठन नेपाल शान्तिनगर गाउँकमिटी अन्तर्गत सो संगठनको गाउँ भेला सम्पन्न भएको नेकपाले जनाएको छ । भेलाले नयाँ नेतृत्व समेत चयन गरेको नेकपाका जिल्ला सेक्रेटरी निर्मल सीले बताउनुभएको हो ।

भेलाले वसन्त सीको संयोजकत्वमामा १७ सदस्यीय गाउँकमिटी निर्वाचित गरेको छ । जसको सदस्यहरुमा सन्तोष , हिमाल , आकाश , भिम ओली , कमल कठायत , विकाश विक , प्रकाश बस्नेत , कुस बस्नेत , गणेश बिस्ट , अर्जुन बिस्ट , प्रविन सुनार , मनोज विक , बिराज परियार , तिलक थापा , सुमन , आशिष घर्ती र समीर घर्ती रहेका छन् ।

नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङ जिल्ला इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी , पार्टीका पुर्वी दाङका सचिव जनक सी , पार्टीका शान्तिनगर गाउँकमिटी इन्चार्ज सुधार सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज शुदर्शन सी , पार्टीका जिल्ला सल्लाहकार शुरेश सी , पार्टीका पश्चिम दाङ जिल्ला सदस्य दिपेन्द्र सी , कृष्ण सी , अखिल (क्रान्तिकारी) दाङ जिल्ला सदस्य सुनिता सी , अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला सदस्य शान्ती सी लगाएतको आतिथ्य रहेको थियो ।

युवा नेता उद्धव सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बसन्त सीको अध्यक्षता रहेको थियो भने  सहजीकरण युवा नेता मनोज सीले गर्नुभएको हो ।

कार्यक्रममा गाउँ भेला सफलताको शुभकामना मन्तव्य पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , पश्चिम दाङका सेक्रेटरी निर्मल सी , पुर्वी दाङका सेक्रेटरी जनक सी , शान्तिनगर गाउँकमिटीका इन्चार्ज सुधार सीले व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित नयाँ नेतृत्वलाई बधाई मन्तव्य पार्टीका जिल्ला सल्लाहकार शुरेस सी र पार्टीका पश्चिम दाङ जिल्ला सदस्य दिपेन्द्र सीले व्यक्त गर्नुभएको थियो ।

संगठनले भेला लगत्तै अब पालिकाको सम्मेलनमा जुट्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार