अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको दोस्रो बैठक सम्पन्न

डेली न्युजराप्ती       २ भाद्र २०७८ १७:५९ मा प्रकाशित     506 No Comments


हेमन्त वली,घोराही।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्लाको दोस्रो बैठक बुधबार घोराहीमा सम्पन्न भएको छ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा राप्ती व्युरो संयोजक डिल्ली,नेकपा घोराहि नगर इन्चार्ज तिलकको आतिथ्यमा बैठक सम्पन्न भएको हो।
बैठकमा प्रशिक्षणात्मक मन्तव्य पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शितलले राखेका थिए।नेता शितलले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा नेपालका सबै मजदुरहरु एकीकृत हुनुपर्ने धारणा राखे। उनले संसदीय व्यवस्था दिनप्रतिदिन असफल र घृणित बन्दै गएको पनि बताए।संसदीय व्यवस्थामा नेपालका श्रमिक,मजदुरहरुको गाँस,बास,कपास,शिक्षा,स्वास्थ्य,रोजगारको ग्यारेन्टी नहुने भन्दै अधिकार प्राप्तिका लागि बिद्रोह गर्नुपर्ने नेता शितलको भनाइ थियो।
एक फरक प्रसंगमा नेता शितलले पार्टीले वैज्ञानिक समाजवाद प्राप्तिको लागि जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतलाइ दिनुपर्ने एजेन्डा अघि सारेको बताए।
दोस्रो बैठकमा समग्र जिल्लाको योजना र सांगठनिक कामकाजको बिसयमा मन्तव्य जिल्ला सेक्रेटरी प्रदिपले राखेका थिए।बैठकले कार्तिक मसान्तसम्म जिल्ला सम्मेलन गर्ने,पालिका सम्मेलन असोज महिना भित्र गर्ने,प्रत्येक सेक्टरको मजदुर संगठनको जिल्ला भेला कार्तिक १५ सम्म गर्ने,अन्य मजदुर संग छलफल गरि ध्रुवीकरणलाई जोड दिने,राजनितीक प्रशिक्षण तथा स्कुलिङमा सहभागी हुने जस्ता महत्वपूर्ण निर्णय गरेको बताइएको छ।
दोस्रो बैठकको अध्यक्षता तथा संचालन संगठनका जिल्ला अध्यक्ष सन्जयले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार