नेकपा दाङको शान्तिनगर,दंगिशरण र बबई गाउपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       १८ भाद्र २०७८ १८:४७ मा प्रकाशित     570 No Comments


हेमन्त वली,दाङ। नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत शान्तिनगर,दंगिशरण र बबई गाउपालिकाको संयुक्त आयोजनामा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पार्टी नेता-कर्याकर्तालाई प्रशिक्षित गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलले देश र जनतालाई दलाल पुजीवादी सत्ताले प्रशव पीडा दिएको बताउनुभयो।उहाले दलाल सत्ता र दलाल प्रवृत्तिका विरुद्ध आफुहरु संघर्ष गरिरहेको बताउनुभयो। नेता शितलले आफुहरु नेपालको राजनीतिक,आर्थिक,सामाजिक र सांस्कृतिक समस्याहरुको समाधान दिन सबै पक्षसंग छलफल गर्न तयार रहेको बताउनुभयो।उहाले भन्नुभयो,”वास्तविक शान्ती,स्वाधीनता र समृद्धिका लागि प्रगतिशील संयुक्त सरकार गठन गरि जनमतसंग्रह को निर्वाचन मार्फत जनतालाइ व्यवस्था चुन्ने अधिकार दिनुपर्छ”।
कम्युनिस्टहरुलाइ वन्दुके र अधिनायकवादी भन्ने केही कथित लोकतन्त्रवादीहरुलाई जनमतसंग्रह मार्फत संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यसत्ता भन्ने बिसयमा चुनावमा प्रतिस्पर्धा गर्न नेता शितलले चुनौती दिनुभयो। प्रतिक्रियावादी केही धमिराहरुले आफ्नो पार्टीको बिसयमा भ्रम छरेको प्रती नेता शितलको आपत्ती थियो। जनताले आफ्नो पार्टीलाई एकमात्र विकल्पको रुपमा बुझेको भन्दै उहाले अब केही दलालहरुले भ्रम छर्दैमा जनताहरु भ्रमित नहुने बिस्वास व्यक्त गर्नुभयो।
आफुहरुले युद्ध नभएर एकीकृत जनक्रान्ती गर्न खोजेको तर राज्यले युद्ध चाहेको जसको पुष्ठि आफुहरु माथिको अबैध प्रतिबन्धले प्रमाणित गरेको नेता शितलको भनाइ थियो।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका अतिथी पार्टीका जिल्ला सेक्रेटरी प्रदिपले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने निर्वाचनमा आफुहरुको सानदार जित हुने बिस्वास व्यक्त गर्नुभयो।उहाले बिश्वमै असफल संसदीय व्यवस्था देखि जनता आजित भएको धारणा राख्नुभयो।नेता प्रदिपले कम्युनिस्टहरुलाइ जनमत लिन तयार हुदैनन भन्नेहरु जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने निर्वाचनमा प्रतिस्पर्धा गर्न चुनौती दिनुभयो।उहाले भन्नुभयो,”हाम्रो पार्टी युद्ध चाहादैन,हामी एकीकृत जनक्रान्ती मार्फत संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापनाको लागि जनमत लिन तयार छौं”।

संयुक्त प्रशिक्षण कार्यक्रममा कार्यक्रमका अतिथि केन्द्रीय स्कुलिङ बिभागका सदस्य गतिले आफ्नो अनुभुती सहितको मन्तव्य राख्नुभएको थियो।उहाले पार्टीले लिएको कार्यनीतिक योजनाले नेपालको सबैखाले समस्याको समाधान गर्ने बताउनुभयो।

संयुक्त राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर,दंगिशरण र बबई गाउँ कमिटी अन्तर्गतका वडा इन्चार्जहरुले आ-आफ्नो रिपोर्ट राखेका थिए।

कार्यक्रमका अतिथी समेत रहेका नेकपा बबई गाउपालिका इन्चार्ज प्रतिरोधको स्वागत मन्तव्यबाट सुरुभएको राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य राजकुमारले गर्नुभएको थियो।

संयुक्त राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सल्लाहकार समिती सदस्य शुरेस,जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्तको आतिथ्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार