२२ मंसिर, काठमाडौं । भारतको गुजरातको विधानसभा चुनाव फेरि भारतीय जनता पार्टी (भाजपा) ले जित्ने देखिएको छ ।
गुजरातमा पछिल्लो २७ वर्षदेखि भाजपा शासनमा छ । यद्यपि पछिल्लो पटक भाजपा जम्मा ९९ सिटमा समेटिएको थियो । कांग्रेसले ७७ सिट जितेको थियो ।
१८२ विधानसभा सिटमा दुई चरणमा भएको चुनावको प्रारम्भिक मत गणानामा भाजपाले १५९ स्थानमा अग्रता लिएको छ । कांग्रेसले जम्मा १५ सिटमा अग्रता लिएको छ ।
आम आदमी पार्टी (आप) ५ स्थानमा अगाडि छ । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेल भन्छन्, ‘गुजरातको नजिता निकै प्रष्ट छ । जतताले गुजरातको विकासलाई निरन्तरता दिने सोच बनाएका छन् । हामीले यसलाई सहर्ष स्वीकार गर्छौं ।’
भाजपाको गुजरात इकाईका अध्यक्ष आरसी पाटिलका अनुसार मुख्यमन्त्रीको सपथ १२ डिसेम्बरमा हुनेछ । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका साथै मुख्यमन्त्री अनित शाह पनि सहभागी हुनेछन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.