कस्तो अचम्म!मेयर र गोहीबीच विवाह….

डेली न्युजराप्ती       २१ असार २०७९ ०९:१५ मा प्रकाशित     185 No Comments

काठमाडौं ।मेक्सिकोका एक मेयरले घडियाल गोहीसँग विवाह गरेका छन्। रोयटर्सका अनुसार सान पेड्रो हुआमेलुलाका मेयर भिक्टर ह्युगोलले बिहीबारको विवाहमा सानो गोहीको ओठमा झुकेर आफ्नो हात राखेका थिए । गोहीले टोक्न नपरोस् भनेर उसको मुख कडासँग बाँधिएको थियो । यो परम्परा ओक्साका राज्यको चोन्टल र हुवा जनजाति समुदायहरूमा शताब्दीयौंदेखि चल्दै आएको छ । यो प्रकृतिको समृद्धिको लागि प्रार्थना जस्तै हो । ओक्साकाको प्यासिफिक कोस्टका मेयर सोसाले भने, ‘हामी प्रकृतिबाट पर्याप्त वर्षाको माग गर्दछौं, पर्याप्त खानाको माग गर्दछौं, हामी नदीमा माछा पर्याप्त मिलोस् भन्ने चाहान्छौँ ।’ ओक्साका मेक्सिकोको गरीब राज्यहरुमा पर्दछ । त्यो देशको सबैभन्दा धनी संस्कृति छ, धेरै समूहले आफ्नो भाषा र परम्परालाई जोगाउन जोड दिदैँ आएका छन् । स्यान पेड्रो हुआमेलुला पुरानो परम्परा अब क्याथोलिक आध्यात्मिकता संग मिश्रित छ ।
यसमा गोहीलाई सेतो पोशाक लगाउनुका साथै अन्य रंगीन पोशाकहरूले रङग्याउने गरिन्छ । सात वर्षीया घडियाललाई सानो राजकुमारी भनेर सम्बोधन गर्दै पृथ्वीको प्रतिनिधित्व गर्ने देवीको रूपमा लिइएको छ । स्थानीय नेतासँग विवाह गर्दिनुको अर्थ मानिसलाई देवताहरूसँग जोड्ने भन्ने हो ।
शहनाई बज्नेबित्तिकै ढोल र नगाडा बज्न थालेपछि स्थानीयवासी गोहीको दुलहीलाई काखमा लिएर गाउँको सडकमा उत्रिए । मानिसहरूले आफ्नो टोपी लगाएर उसको पंखा फुकिरहेका थिए । देवमाता भनेर चिनिने इल्या इडिथ अगुइलरले यो विवाहको व्यवस्था गरेकी हुन् । यो समारोह गर्न पाउँदा आफू सम्मानित भएको बताउँदै उनले बेहुलीले के लगाउने भनेर छनोट गर्न निकै समय खर्चेको बताइन् । उनले मुस्कुराउँदै भनिन्, ‘धेरै सुन्दर परम्परा हो ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार