डिउटीमा खटिएका एकजना प्रहरीको रहस्यमय मृत्यु!

डेली न्युजराप्ती       ११ फाल्गुन २०७९ २०:४० मा प्रकाशित     175 No Comments

कर्ण बिश्वकर्मा
फागुन ११, सुर्खेत । कर्णाली प्रदेशको प्रदेश प्रहरी गणमा जनताको सुरक्षा गर्ने प्रहरी नै आफै असुरक्षित भएका छन ।

आज बिहान करिब ३ बजे तिर डिउटीमा खटिएका एक जना प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ ।

दार्चुलाको अपि नगरपालिका ६ घर भई प्रहरी चाैकी सुकाटीया कालिकोट दरवन्दी भई कर्णाली प्रदेश प्रहरी गण काजमा कार्यरत रहेका अन्दाजी २६ वर्षका कविन्द्र बिककाे रहस्यमय मृत्युु भएको हाे ।

उनको कन्चटमा एस एल आरकाे गाेलि लागेको छ । बिक राति १ बजेदेखि ३ बजेसम्मकाे समयमा ४ नम्बर प्रहरी पाेष्टकाे डिउटीमा खटिएका थिए ।

डिउटी सकिने बेला बिकले आफैंले बाेकेकाे एस एल आरबाट दाहिने साइडकाे कन्चटमा गाेलि हानि आत्महत्या गरेको हुनसक्ने सुर्खेतकी प्रहरी निरक्षक झरना साेनारले जानकारी दिइन ।

साे घटनाबारे अनुसन्धान भइरहे पनि प्रहरी भित्रैकाे अन्तरिक अन्तरविरोध र विवादका कारणले घटना भएको हुनसक्ने आसंका पनि गरिएको छ ।

घटनाको विस्तारित अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरक्षक मिलन पाण्डेको नेतृत्वमा ८ जनाको प्रहरी टाेलि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार