मनाङ एयरको पाइलट सहित ६ जना सवार हेलिकप्टर सम्पर्कविहीन

डेली न्युजराप्ती       २६ असार २०८० ११:४८ मा प्रकाशित     193 No Comments

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।
खराब मौसमका कारण लुक्ला विमानस्थल तल सुर्केबाट बिहान करिब १० बजे उडेको मनाङ एयरको ९ एनएएमभी हेलिकप्टर ५–७ मिनेटमा नै सम्पर्कविहीन हुन पुगेको नेपाल वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।
पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको एयरका स्टेसन मेनेजर विनोद थापाले जानकारी दिनुभयो ।
हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार