काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ११ औं पार्टी पूनर्गठन दिवस भब्यरुपमा मनाउने भएको छ । सो पार्टीले ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा मङ्सिर ८ गते काठमाडौँको भृकुटी मण्डपमा भब्य जनसभा गर्ने जनाएको छ । सो पार्टीका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीका अनुसार राष्ट्रिय स्वाधिनताको रक्षाका लागि संघर्ष गरौँ , नेपाली विशेषताको समाजवाद स्थापना गरौ भन्ने मूल नाराका साथ हुन लागेको उक्त जनसभाको मुख्य वक्तारुपमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी रहने छन् ।
प्रवक्ता प्रकाण्ड सीले मङ्सिर ८ गते श्रमजीवी वर्गको पार्टी नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको उल्लेख गर्दै पार्टी पूनर्गठन दिवसको अवसर पारेर वैदेशिक हस्तक्षेपबिरुद्ध राजधानीमा बृहत् प्रदर्शनसहित सभा गर्न लागेको बताए। उनले नेकपा पूनर्गठन भएको दिनलाई ऐतिहासिक दिनको रूपमा स्मरण गर्दै मङ्सिर ८ गते नेपालका मजदुर, किसान , मध्यमबर्गलगायत क्रान्तिकारी जनताले आफ्नो पार्टी, बिचार र संगठन पूनर्गठन गरेको विशेष दिन भएको भन्दै उत्सवको रुपमा मनाउन लागिएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले देशमा साम्राज्यवादी शक्ति र दलाल पुँजीपतिवर्गको हर्कतले सीमा नाघेको र राष्ट्रिय स्वाधीनताको पक्षमा एक हुनुपर्ने बेला आएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले पछिल्लो दिनमा नेपालको राजनीतिमा जुन प्रपन्च गरिदैछ त्यो बिगतको जनताको त्याग , तपस्या , बलिदान र आन्दोलनको मुद्दा र जनताको परिवर्तनको चाहनाबिरुद्द भएको भन्दै नेकपाले संघर्ष गर्दै आएको र त्यसको पुष्टि हाल आएर भएको बताए । उनले जवसम्म देशमा दलाल पुँजीवादी शासन व्यवस्था रहन्छ तबसम्म देश र जनताको दुर्दशा भइ रहने बताउदै दलाल पुँजीवादी शासन व्यवस्थाकै कारण महंगी बढिरहेको , भ्रष्टाचार र कमिशनको बेलगाम खेल चलिरहेको बताउदै दलाल पुँजीवादी शासन व्यवस्थाकै कारण राष्ट्रलाई सत्ता र कुर्सीका निम्ति दाउमा लगाउने खेल र विदेशीका सामु आत्मसमर्पण गर्ने होडबाजी चलिरहेको ठोकुवा गरे।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले जबसम्म जनताले आफ्नो शासन र देशको स्वाधिनता प्राप्त गर्न सक्दैनन् तबसम्म संघर्ष गरिरहनु पर्ने बताउदै यसका निम्ति नेपालका सबै क्रान्तिकारी , प्रगतिशील , सच्चालोकतन्त्रवादी र देशभक्त राजनीतिक दल र नेताको संयुक्त पहलमा आन्दोलन गर्नुको बिकल्प नरहेको बताए ।
यसैगरी, प्रवक्ता प्रकाण्ड सीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र असफल भएको ठोकुवा गर्दै नेपाली विशेषताको समाजवाद स्थापना गरेरै छाड्ने ठोकुवा समेत गरे। उनले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि समाजवादी मोर्चालाई गति दिने बताउदै समाजवादी मोर्चामा देशका सबै कम्युनिष्ट पार्टीलाई गोलबद्ध गर्ने समेत बताउदै ११ औं पार्टी पूनर्गठन दिवसको अवसरमा भब्य जनसभा गरेर त्यसको निम्ति आव्हान गर्ने संकेतसमेत दिए । उनेल भने – देशको वर्तमान अवस्था भयाबह र निराशावाट गुज्रीरहेको छ । संघिय लोकतान्त्रिक गणतन्त्रको नाममा दलाल पुँजीपतिहरुको बिगबिगी , सत्तालिप्सा , बिदेशी शक्त्तिसंग देश र जनता बिरुद्ध सौदाबाजी , भ्रष्टाचार , कमिशन , कालोबजारी , सहकारी ठगि , मिटरब्याजी लुट , बलात्कार एबम् हत्याका शृंखला , सामाजिक असुरक्षा , राष्ट्रिय पुँजी र जनशक्तिको विदेश पलायन , बेरोजगारी र राष्ट्रिय स्वाभिमान एबम् स्वाधिनता बिरुद्ध साम्राज्यवादी हस्तक्षेप लगायतका हर्कत मार्फत ब्यक्त भै रहेको छ ।
देशको अस्तित्व र जनाधिकार रक्षाको प्रश्न आज नेपालको इतिहास र राजनीतिक आन्दोलनकै जटिल र संबेदनशील ठाउँमा पुगेको छ। यो अवस्थाको मूलकारक दलाल संसदीय व्यवस्था , दलाल पूंजीपति वर्ग र साम्राज्यवादी हस्तक्षेप हो। क्रान्तिकारी , प्रगतिशील र राष्ट्रवादी राजनीतिक पार्टी , नेतृत्व , कार्यकर्ता र समग्र श्रमिक जनताका लागि यो बिकराल अवस्था वाट देश र जनतालाई उन्मुक्ति दिलाउनु नेकपाको एकमात्र कर्तब्य हुन गएको छ। तसर्थ : उक्त ११ औं पार्टी पूनर्गठन दिवसको कार्यक्रमलाई हरतरहले सहयोग गर्न सबैलाई हार्दिक अपिल गर्दछु । ‘
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.