नेकपाका पुर्व केन्द्रीय सदस्य बिश्वलाइ पितृशोक

डेली न्युजराप्ती       ९ कार्तिक २०७९ ०८:४८ मा प्रकाशित     247 No Comments

तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टीका पुर्व केन्द्रीय सदस्य तथा सल्यान जिल्लाका पुर्व ईन्चार्ज डिल्लीराज शर्मा(विश्व)लाई पितृशोक परेको छ।
नेता बिश्वका बुवा तुलसीपुर उपमहानगरपालिका वडा नं.८ टिकरी निवासी ऋषिश्वर उपाध्यायको ८४ वर्षको उमेरमा हिजो दिउँसो १:४५ बजे दुखद निधन भएको थियो।

मृतक ऋषिश्वर उपाध्यायको आजै सयौं नेता-कार्यकर्ता, आफन्तजन, शुभेच्छुक, शुभचिन्तकहरुको उपस्थितिमा दाहसंस्कार गरिएको थियो।
दाहसंस्कार कार्यक्रममा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न नेकपाका पोलिटव्युरो सदस्य शितल सी,नेकपाका केन्द्रीय सदस्य द्वय सबिन सी,प्रदिप सी लगाएत पार्टीका जिल्ला सचिवालय सदस्य द्वय विकाश सी,प्रतिरोध सी सहित जिल्लाका विभिन्न तह र तप्काका सयौं नेता-कार्यकर्ताहरु उपस्थित थिए।
नेकपाका नेताहरुले मृतक बुवा ऋषिश्वर उपाध्यायप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रती गहिरो समवेदना समेत व्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार