निर्माण कम्पनीले ठगी गरेपछी पीडित पक्षद्धारा तुलसीपुरमा पत्रकार सम्मेलन

डेली न्युजराप्ती       २६ चैत्र २०७८ ११:०८ मा प्रकाशित     263 No Comments


तुलसीपुर,२६ चैत । निर्माण कम्पनीले ठगी गरेपछी पीडित पक्षले तुलसीपुरमा पत्रकार सम्मेलन गरेका छन । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले डेढ करोड रकम ठगी गरेको पीडित कृण्ण बहादुर खत्रीले बताउनुभएको छ । पेटि ठेकदार रहनुभएका बबई गाउँपालिका ५ हापुरे बस्ने खत्रिले आफु सहित ६८ जना ठगीमा परेको बताउनु भएको छ । उहाँका अनुसार २०६० मा सल्यानको लेखपोखरामा जन स्वास्थ्य भवन निर्माण गर्ने क्रममा लेवर,मिस्त्री सहित काम गरेको एक करोड २३ लाख ७२ हजार २ सय १६ रुपैयाँ पाउँनु पर्ने छ । उक्त रकम पटक–पटक माग गर्दा पनि निर्माण कम्पनीका संचालक मोहन आचार्य र बाबुकाजि श्रेष्ठले नदिएपछि जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएको जानकारी दिनुभएको छ । ६८ जना लेवर,मीस्त्री २४ जना,काठ चिर्ने मिस्त्री लेवर , ६ वटा ट्याक्टर,गीट्टी फोड्ने ३५ जना , लोड गर्ने १२ जना लगाएतका मजदुरले पैसा नपाएको बताउनुभएको छ । बबईगाउँपालिका ५ बस्ने लेवर गुरुप लिडर खतविर घर्ती,सोहि वडा बस्ने टेक्टर ग्रुप लिडर देविराम शर्मा,बबई गाउँपलिका ४ बस्ने गिट्टी मजदुरका लिडर गोपिराम विक,मजदुर लिडर नरबहादुर सुनार,रेशम थापा,बबई गाउँपालिका ६ बस्ने सेर बहादुर पुन र यम प्रसाद घिमिरेले सयुक्त रुपमा ठगी सम्बन्धि प्रहरी समक्ष कम्पनीका संचालक आचार्य र श्रेष्ठलाई झिकाई छलफल गराउन अनुरोध गरेका छन ।
त्यसैगरी काम गर्न प्रयोग गरिएका रा १ च ११६ र ३९४ , रा १ त १२०२,रा १ त ९०९,रा १ त ८०५ र रा १ त ९१० नम्बरको ट्याक्टरले समेत रकम नपाएको पिडित पक्षले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार