देशैभरीबाट धर्मेन्द्र-सुदर्शन समूह पत्तासाफ हुँदै,संयोजक द्व्य चौधरीद्वारा बहुमत परित्याग गरि नेकपा प्रवेश

डेली न्युजराप्ती       ११ आश्विन २०७९ १६:३६ मा प्रकाशित     348 No Comments


दाङ। नेकपा बहुमत परित्याग गरि तेजप्रसाद चाैधरी र मनाेज चाैधरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

नेकपा बहुमत घाेडाघाेडी नगरपालिका वडा नम्बर ११ का संयाेजक तेजप्रसाद चाैधरी र साेही नगरपालिकाकै वडा नम्बर १२ का संयाेजक मनाेज चाैधरीले एक प्रेस विज्ञप्ति जारी गरि उक्त पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिदै नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहने प्रतिबद्धता गरेका छन् ।
बहुमत पार्टी केही महिनामा अन्य पार्टीसँग एकता गर्ने निर्णय पूर्णरूपमा असान्दर्भिक लागेको भन्दै उनीहरूले एकीकृत जनक्रान्ति वैचारिक माध्यमबाट वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने विश्वाससहित नेकपामा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस बिज्ञप्तिको पुरापाठ:

यता केही समयअघि मात्रै धर्मेन्द्र-सुदर्शन समूह परित्याग मोरङ जिल्लाका सेक्रेटरीसहित सिंगो जिल्ला कमिटीका नेता-कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार