युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलन सुरु हुँदै

डेली न्युजराप्ती       ३० बैशाख २०८० १२:२० मा प्रकाशित     251 No Comments

बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिको छैठौं जिल्ला सम्मेलन सुरु हुँदै छ ।
आज शनिबार तुलसीपुरमा सुरु हुन लागेको सम्मेलनमा नेकपाका पोलिटब्युरो सदस्य शितल सीको प्रमुख आतिथ्य रहने संगठनले जनाएको छ ।

सम्मेलनलाई पार्टीका पोलिटब्युरो सदस्य शितल सी , संगठनका केन्द्रीय अध्यक्ष पाटन सी , नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले डेलिन्युजराप्तिलाइ जानकारी दिएको छ ।
साथै आज सम्पन्न हुने छैठौं जिल्ला सम्मेलनले नयाँ नेतृत्व समेत निर्वाचित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार