नेपाल बैंक लिमिटेडका बैंक म्यानेजर पैसा बोकेर फरार

डेली न्युजराप्ती       २१ श्रावण २०७९ १९:२५ मा प्रकाशित     262 No Comments

काठमाडौँ – नेपाल बैंक लिमिटेडका एक ब्रान्च म्यानेर पैसा बोकेर फरार भएका छन् । बैंकको बर्दिया स्थित गुलरिया शाखाका शाखा प्रबन्धक धबेन्द्र न्यौपाने शुक्रबारदेखि फरार भएका हुन् ।

बैंकले आन्तरिक रुपमा उनको खोजी गरिरहेको छ । नेपाल प्रहरीलाई समेत जानकारी नदिएर बैंकले गुप्त रुपमा न्यौपानेको खोजी गरेको हो । न्यौपानेले बोक्दै आएको मोवाइल नम्बर अफ छ भने बैंकका अरु कर्मचारीले पनि यस विषयमा कुनै जानकारी दिन चाहेका छैनन् ।

उनी परार भएपछि जिल्ला प्रहरी कार्यालय बर्दियामा पनि उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले खोजतलास गरिदिनुहुन भन्दै प्रहरीमा उजुरी परेको बताए । ‘हाम्रोमा परिवारको तर्फबाट खोज तलास गरिपाउँ भनी उजुरी आएको छ’, एसपी शाहीले भने, ‘हामीले हुलियासहितको विवरण देशभर पठाएका छौँ । उहाँको खोजी कार्य जारी छ ।’

बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पनि न्यौपाने हराएको जानकारी पाएको बताए । ‘औपचारिक रुपमा मलाई जानकारी आएको छैन । तर प्रहरीले सामान्य अनौपचारिक जानकारी दिएको छ ।’ बास्तोलाले भने, ‘आज विदा भएकाले खासै बुझ्न पाएको छैन । भोली मात्रै पुरा जानकारी प्राप्त हुन्छ ।’

यता बैंकको केन्द्रीय कार्यालयले यस विषयमा कुनै जानकारी दिएको छैन् । शनिबार विदाको दिन भएकाले होला बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सूचना अधिकारी प्रकाशकुमार अधिकारीले फोन उठाएनन् ।

न्यौपानेले कति पैसा लिएर फरार भए भन्ने विषयमा जानकारी प्राप्त भएको छैन् । यसबारेको पुरा विवरण आइतबार मात्र प्राप्त गर्न सकिने बैंक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार