एमसीसी पास गर्ने दलालहरुलाई गाउँगाउँबाट लखेट्नुपर्छः केन्द्रीय सदस्य सविन

डेली न्युजराप्ती       ३० चैत्र २०७८ ०७:४३ मा प्रकाशित     402 No Comments


सल्यान। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सविन पाेखरेलले एमसीसी पास गर्नेहरुलाइ गाउँगाउँबाट लखेट्नुपर्ने बताएका छन् ।

दार्मा गाउँपालिका ५ मा पार्टीले गरेकाे कार्यक्रममा बाेल्दै नेता पाेखरेलले एमसीसी राष्ट्रघात भएकाे र पास गर्नेहरु दलाल भएकाे बताए । उनले एमसीसी पास गर्नेहरुका विरुद्ध माेर्चाबन्दी हुन सबैलाइ आह्वान समेत गरे ।

कार्यक्रममा माओवादीका पुराना नेता चित्र बहादुर खड्का ‘मिनार’, देव बहादुर खड्का लगायत माओवादी केन्द्रका नेताहरु नेकपामा प्रवेश गरेका थिए ।

साथै नेकपाले वडा नम्वर ५ काे वडा कमिटी गठन गरेकाे छ।जसको अध्यक्षमा दिपक वलि, उपाध्यक्ष प्रेम प्रकाश चन्द, सचिव गाेविन्द केसी (B), सहसचिव लाेक बहादुर खड्का, काेषाध्यक्ष कल्पना खड्का सहित १५ सदस्यीय वडा कमिटी चयन गरिएकाे छ ।

त्यस्तै गाेविन्द के.सी (A) काे नेतृत्व ११ सदस्यीय युवा संगठन नेपालकाे वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्यहरु मदन चन्द, टंक प्रकाश केसी, माेहन केसी, प्रेम परियार, दिपक खड्का लगाएतकाे उपस्थिति रहेकाे थियाे । दल बहादुर केसीकाे अध्यक्षता तथा वडा इन्चार्ज अमर खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे संचालन राजेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार