नेकपा लमही नगरको दोस्रो सम्मेलन सम्पन्न,सेक्रेटरीमा पुर्ण खनाल निर्वाचित

डेली न्युजराप्ती       ११ भाद्र २०७९ ०३:३१ मा प्रकाशित     213 No Comments


भदौ ११,दाङ। नेपाल कम्युनिस्ट पार्टी लमही नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ।
शुक्रबार लमहीमा सम्पन्न सम्मेलनले पुर्ण खनाललाई सेक्रेटरीमा निर्वाचित गर्दै २१ सदस्यीय नगर कमिटी निर्माण गरेको हो।

नेकपा बिशेष कमिटी सदस्य बिक्रमको प्रमुख आतिथ्य तथा नेकपा लमही नगर इन्चार्ज जनक,नेकपा गढवाका इन्चार्ज महानको बिशेष आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो।
सम्मेलनमा नेकपा बिशेष कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बिक्रम,नेकपा गढवा गाउँकमिटीका इन्चार्ज महानले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने प्यानल प्रस्ताव नेकपा लमही नगरका इन्चार्ज जनकले गरेका हुन।

नेकपा लमही नगरका नवनिर्वाचित सेक्रेटरी पुर्ण खनालको अध्यक्षतामा सम्पन्न दोस्रो सम्मेलनको संचालन समता बुढाथोकीले गरेकी थिइन।
कार्यक्रममा नवनिर्वाचित सेक्रेटरी खनालले प्रतिबद्धता मन्तव्य समेत राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार