तुलसीपुर । दाङको तुलसीपुरमा अटो र मोटरसाइकल आपसमा ठक्कर खादा दुईजना घाइते भएका छन । घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पश्चिमको वाफिकोट गाउँपालिका १ निवासी २७ वर्षीय राम बहादुर मल्ल र सोही मोटरसाइकलमा पछाडी सवार दाङको तुलसीपुर १३ निवासी ४० वर्षीया लाटी चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
अटो चालक भने सामान्य रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार तुलसीपुरबाट बालापुर तर्फ जादै गरेको रा १ ह ३०९८ नम्बरको अटो र विपरित दिशाबाट आउदै गरेको रा ६ प ५२६१ नम्बरको मोटरसाइकल तुलसीपुर ८ दोघरे नजिकै ठोक्किदा दुर्घटना भएको हो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.