युरो कप २०२४: बेल्जियम स्लोभाकियासंग हार्यो
बेल्जियम युरो कप २०२४ मा बेल्जियम स्लोभाकियासँग १–० ले स्तब्ध भएको छ । समूह ‘इ’ अन्तर्गत गएराति सम्पन्न खेलमा बेल्जियमलाई चकित पार्न स्लोभाकियाका इभान स्क्ररान्जले निर्णायक गोल गरे । उनले खेलको सातौं मिनेटमा गोल गरेका थिए ।
रोबर्ट बोजेनिकको प्रहार बेल्जियमका गोलरक्षक कोएन कासटिल्सले बचाएपछि स्क्ररान्जले सहज गोल गरे । त्यसपछि बेल्जियमले पटकपटक गोल गर्ने अवसर सिर्जना गर्यो । तर, उस फिनिसिङ चुक्दा स्लोभाकियासँग स्तब्ध भयो ।
गएराति नै भएको अर्को खेलमा फ्रान्सले अस्ट्रेलियालाई १–० ले हराएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.