ज्ञानेन्द्र शाहीलाई नेकपाको चेतावनी:विप्लव विरुद्धको अभिव्यक्ति नसच्याए परिणाम गम्भीर हुने

डेली न्युजराप्ती       १५ माघ २०८० ०६:२३ मा प्रकाशित     176 No Comments

काठमाडौँ: राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले पार्टी महासचिव विप्लव सीका बारेमा दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टीले निकै आक्रोश व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टीले उक्त गैरजिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्याउन र अभिव्यक्ति तुरुन्त फिर्ता  लिएर जनतामाझ माफी माग्न चेतावनी दिएको छ ।

पार्टीका प्रवक्ता प्रकाण्ड सीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ,’शाहीको उक्त अभिव्यक्ती ३ बुँदे सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्धन्द्धतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी व्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्र शाहीको नाङ्गो दलाल, अराजक, द्धन्द्धपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिर्ता लिएर आम जनतामाँझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाइएन भने त्यसबाट निस्कने गम्भिर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरा समेत हाम्रो पार्टी स्पष्ट गर्दछ ।’

प्रवक्ता प्रकाण्ड सीद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ – ‘पार्टी प्रवक्ता र सांसद भएर हाम्रो पार्टी र नेतृत्वका विरुद्ध ज्ञानेन्द्र शाहीले दिएको गैर जिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्चाउन लगाउन सम्वन्धित पार्टी र नेतृत्वबाट हाम्रो पार्टी अपेक्षा गर्दछ ।’

प्रेस विज्ञप्तिकाे पूर्ण पाठ-

१. हिजो माघ १३ गते राप्रपा नेपालको आफ्नो कार्यालय चाबाहिल काठमाण्डौमा आयोजित सिन्धुपाल्चोक सम्पर्क समितिको कार्यक्रममा राप्रपा नेपालका प्रवक्ता तथा जुम्ला जिल्लाका सांसद ज्ञानेन्द्र शाहीले हाम्रो जनप्रिय तथा महान पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सीका बारेमा दिएको अभिव्यक्तिले हाम्रो पार्टीलाई निकै आक्रोशित बनाएको छ । उक्त अभिव्यक्तिको अन्तर्यमा रहेको हाम्रो पार्टी नेतृत्वका विरुद्ध गम्भिर षड्यन्त्रको नेपाल कम्युनिस्ट पार्टी घोर निन्दा र कडा भत्र्सना गर्दछ ।२. नेपाल कम्युनिस्ट पार्टी १० बर्षे महान नेपाली जनयुद्धको नेतृत्व गरी नेपालमा राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को वर्तमान क्रान्तिकारी प्रतिनिधी पार्टी हो ।यो नेपालको कम्युनिस्ट आन्दोलनका ईमान्दार नेता र कार्यकर्ताको प्रतिनिधित्व गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । १० बर्षे महान जनयुद्धको बल र १९ दिने ऐतिहाँसिक जनआन्दोलनको सहयोग ९क्गउउयचत० मा नेपाली जनताले गठन गरेको पहिलो संविधानसभा विघटन गरी साम्राज्यवाद र देशी प्रतिक्रियावादीहरुले नेपाली जनतामाथि प्रतिक्रान्ति लाद्ने दुस्साहस गरेपछि त्यसका विरुद्ध महान र साहसिक विद्रोह गरी बनेको नेपाली श्रमीक जनताको क्रान्तिकारी कम्युनिस्ट पार्टी हो ।२०७१ साल पौषबाट प्रतिक्रान्तिका विरुद्ध एकीकृत जनक्रान्ति संचालन गरिरहेको पार्टी हो । एकीकृत जनक्रान्तिकै क्रममा केपी ओली सरकारले २०७५ माघ २८ गते प्रतिवन्धको आवरणमा दमनचक्र चलाईपछि २ बर्ष त्यसका विरुद्ध दृढताकासाथ सशक्त र शसस्त्र प्रतिरोधगरी प्रतिबन्धलाई धुलोचटाएपछि तत्कालिन केपी ओली सरकारसँग वार्ताभई २०७७ फागुन २१ गते ऐतिहाँसिक ३ बुँदे सहमति गरेको पार्टी हो । ३ बुँदे सहमतिको मर्म अनुसार हाम्रो पार्टी राष्ट्रिय राजनीतिमा क्रियाशिल छ । वर्तमान अवस्थामा दलाल पुँजीवादी संसदीय व्यवस्थाले राष्ट्र र नेपाली जनताको जीवनमा पैदा गरेको चरम सङ्कटको समाधानार्थ वैकल्पिक राजनीतिक कार्यक्रम प्रस्तुत गरी क्रियाशिल भैरहेको वैकल्पिक कम्युनिस्ट क्रान्तिकारी शक्ति हो ।३. साम्राज्यवाद र यो देशका नाङ्गा दलालहरु ३ बुँदे सहमतिलाई भङ्ग गरेर देशमा अशान्ति र द्धन्द मच्चाउन चाहन्छन् । हाम्रो पार्टीसँग ३ बुँदे सहमति गरेको झण्डै ३ बर्ष पुग्न लाग्दा पनि राज्यले त्यसको कार्यान्वयन नगर्नु र गर्न नदिनु यसको अकाट्य प्रमाण हो । मङ्सीर १० गते आदेश गरेर १८गते सार्वजनिक गरेको काठमाण्डौ जिल्ला अदालतको पक्राउ पुर्जीको आदेश ३ बुँदे सहमति भङ्ग गर्ने षडयन्त्रको पछिल्लो कडी हो । जसको पार्टीले सशक्त प्रतिवाद गरिराखेको छ ।४) विप्लवलाई पक्राउ पुर्जी जारी भएको हो कि होईन ?, तिनलाई पक्राउ गर्ने कि नगर्ने यो देशमा ?, कानुन सवैका लागि बराबर हो कि होईन ?, के यो नेपालीले बनाएको कानुन हो ?, पक्राउ पुर्जी आएको मान्छे प्रधानमन्त्रीसँग मिटिङ गर्दै हिडेका छन ।’ भन्ने शाहीको अभिब्यक्ती ३ बुँदे सहमति भङ्ग गर्ने, अराजकता मच्चाउने, देशलाई द्धन्द्धतिर धकेल्ने र वर्तमान सङ्कटग्रस्त अवस्थाबाट देशलाई नेपाली जनताको समाजवादी ब्यवस्थामा लगेर क्रान्तिकारी समाधान दिनबाट रोक्ने ज्ञानेन्द्रशाहीको नाङ्गो दलाल, अराजक, द्धन्द्धपिपाशु र प्रतिगामी अभिव्यक्ति भएको ठहर गर्दै, यसलाई तुरुन्तै फिर्ता लिएर आम जनतामाँझ माफी माग्न ज्ञानेन्द्र शाहीलाई हाम्रो पार्टी कडा चेतावनी दिन चाहन्छ ।यदि पार्टी र नेतृत्वका विरुद्धको विषवमन सच्चाईएन भने त्यसबाट निस्कने गम्भिर परिणामको जिम्मेवार निज ज्ञानेन्द्र शाही नै हुने कुरा समेत हाम्रो पार्टी स्पष्ट गर्दछ ।५. पार्टी प्रवक्ता र सांसद भएर हाम्रो पार्टी र नेतृत्वका विरुद्ध ज्ञानेन्द्र शाहीले दिएको गैर जिम्मेवार अभिव्यक्तिलाई तुरुन्तै सच्चाउन लगाउन सम्वन्धित पार्टी र नेतृत्वबाट हाम्रो पार्टी अपेक्षा गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार