एकीकृत जनक्रान्तिका सहिद क.महानको स्मृतिमा तुलसीपुरमा रक्तदान

डेली न्युजराप्ती       १२ जेष्ठ २०८० १६:५३ मा प्रकाशित     555 No Comments

जेष्ठ १२ , तुलसीपुर । तुलसीपुरमा एकीकृत जनक्रान्तिका सहिद क.महानको स्मृतिमा रक्तदान गरिएको छ ।
शुक्रबार नेकपा पश्चिम दाङको आयोजनामा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र तुलसीपुर दाङमा एकीकृत जनक्रान्तिका सहिद क.महान लगाएत सम्पुर्ण सहिदहरुको स्मृतिमा रक्तदान गरिएको हो ।

सहिद क. महान लगाएत जनक्रान्तिका सबै सहिदहरुको स्मृतिमा आयोजित रक्तदान कार्यक्रममा नेकपा पश्चिम दाङका सचिव सहित १५ जना नेता-कार्यकर्ताहरुले रक्तदान गरेका थिए ।

२०७६ जेष्ठ १२ गते काठमाडौंमा राज्यको प्रतिबन्धको प्रतिरोध गर्ने क्रममा दाङका महानसहित ५ जनाको सहादत भएको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १२ गते नेकपाले देशव्यापी सहिदहरुको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार