दाङमा बबई क्याम्पसका बिद्यार्थीले भने ‘कुरा सबैका सुन्छौ तर भोट क्रान्तिकारीलाई दिन्छौं’

डेली न्युजराप्ती       १० फाल्गुन २०७९ १४:२३ मा प्रकाशित     290 No Comments

फागुन १० , दाङ । त्रिभुवन बिश्वबिद्धालयले आगामी चैत्र ५ गते स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसंगै यतिबेला सबै बिद्यार्थी संगठनहरुले आफ्नो पक्षमा माहोल सिर्जना गर्न बिद्यार्थीहरु संग भेटघाट तथा संगठन विस्तार कार्यलाइ तिब्रता दिएका छन् ।

दाङमा कृयासिल सबै बिद्यार्थी संघ/संगठनहरु जिल्लाका स्ववियु हुने सबै क्याम्पसहरु धाइरहेका छन् । यस्तै विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)ले दाङका विभिन्न क्याम्पसहरुमा बिद्यार्थीहरु संग भेटघाट , संगठन विस्तार लगाएतका कामलाइ प्रभावकारी ढंगले संचालन गरिरहेको छ । सो संगठनले हिजो मात्रै दाङको घोराही स्थित पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा संगठनका केन्द्रीय अध्यक्षलाई उपस्थित गराएर स्ववियु बिशेष प्रशिक्षण गरेको थियो ।

अखिल (क्रान्तिकारी) दाङले हिजो बुधबार घोराहीमा प्रशिक्षण कार्यक्रम सकेलग्गत्तै आज जिल्लाको तुलसीपुर स्थित राप्ती बबई क्याम्पस र घोराहीको महेन्द्र बहुमुखी क्याम्पसका विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुसंग भेटघाट गरेको जनाएको छ ।

तुलसीपुरको राप्ती बबई क्याम्पसमा सो संगठनले व्यवस्थापन संकाय पहिलो वर्षमा अध्ययनरत बिद्यार्थीहरुसंग भेटघाट गरेको हो । संगठनका नेता-कार्यकर्ताहरुले बिद्यार्थीहरुलाई प्रशिक्षण दिएपछी बिद्यार्थीहरु उत्साहित देखिएका थिए ।
सल्यानबाट क्याम्पसमा अध्ययन गरेकी आएकी एक बिद्यार्थीले भनिन् – ‘ कुरा सबैका सुन्छौ तर भोट अखिल (क्रान्तिकारी)लाई नै दिन्छौं । अरु संगठनले केहि गरेका पनि छैनन् । पेट्रोल , डिजेलको भाउ बढ्दा सुरुमा पुग्ने संगठन नै यहीँ हो जस्तो लाग्छ । नेपाल-भारत सिमाना काडेतार लगाएको पनि सुनेकि छु । मेरो रोजाइ यहीँ संगठन हो त्यसैले मेरो मत क्रान्तिकारीलाइ नै हुनेछ ।’

बिद्यार्थीहरुसंग भेटघाट कार्यक्रममा संगठनका नेताहरुले बिद्यार्थीहरुको पक्षमा निरन्तर दृढतापुर्वक लड्ने संगठन नै अखिल(क्रान्तिकारी) भएकाले यसपटकको चुनाव आफुहरुले नै जित्ने दावी समेत गरेका थिए ।

बिद्यार्थीहरुसंग भेटघाट कार्यक्रमलाई बोल्दै एक नेताले भने– ‘ हामी यो स्ववियुलाई नया ढंगले प्रयोग गर्दैछौं । आम श्रमिक जनताका छोराछोरी पढ्ने बिश्वबिद्धालयहरुलाई ध्वस्त पारेर निजि कलेजहरु संचालन गरेर मुनाफा असुलि रहेका छन् यसका विरुद्ध यो निर्वाचनमा एजेन्डा लिएर होमिएका छौँ । बिश्वबिद्धालयलाई दलिय भागबन्डाबाट मुक्त गराउनुछ । रगतको भेलबाट जन्मिएको संगठन हो अखिल (क्रान्तिकारी) । हामिले यो देशमा भएका तमाम बेथिति , बिसंगतीका विरुद्ध लडिरहेका छौँ जो कुरा आम युवा-बिद्यार्थीहरुलाई प्रष्ट छ । त्यसैले यो निर्वाचनमा बिद्यार्थीको रोजाइमा हामी र हाम्रो संगठन नै हुनेछ।’

यस्तै संगठनले केहि दिनभित्र सबै क्याम्पसहरुमा इकाइ सम्मेलनहरु सम्पन्न गर्ने , स्ववियु निर्वाचनमा अरु थुप्रै तयारीका कामकाजलाई प्रभावकारी ढंगले संचालन गर्ने संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार