सल्यानमा सिंगो गाउँका जनताले नेकपाको समर्थनका स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने

डेली न्युजराप्ती       ४ बैशाख २०७९ २१:३० मा प्रकाशित     419 No Comments


बैशाख ४,सल्यान। सल्यानमा आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा सिंगो गाउका जनताले स्वतन्त्र उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने भएका छन।

सल्यानको कुमाख गाउपालिकाको केन्द्र रागेचौर इछुखोलाकाको सिङ्गो गाउँ विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय गरेको हो।

बैशाख ३ गते कुमाख गाउपालिकाको केन्द्रमा जनभेलामा उपस्थित मतदाताहरुले यहि बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा स्वतन्त्र रुपमा उम्मेदवार हुने उम्मेदवारलाई सहयोग तथा मतदान गर्ने निर्णय भएको नेकपाका केन्द्रीय सदस्य एवम सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार