गमानसिंह घर्ती श्रावन-१३,रुकुम पश्चिम।नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले मंगलबार सानीभेरी गाउँपालिका ८ का वडाअध्यक्षलाई जनकारबाही गर्दा आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाई गगिरफ्तार गरेको बिषयलाई लिएर जिल्लाका केही संन्चार माध्यमाले केहि भ्रमपुर्ण पुर्वाग्रही ढङ्गले समाचार सम्प्रेषण गरेको भन्दै उक्त भ्रम फैलाउने कार्य नगर्न ध्यानाकर्षण गराएको छ ।
भष्टाचारीलाई जोगाउन, सत्य ढाक छोप गर्न सम्प्रेषण गरीएका समाचारको हल्लाको पछि नलाग्न नेकपा रुकुम पश्चिमले बिज्ञप्ति मार्फत अपिल गरेको छ।
छहरे पानी तल्लो आमडाँरा सिचाइ आयोजना उपभोक्ता सिमितबाट ३ लाख भष्टाचार गरेको केही मिडियामा र स्थानियबाट उजुरी आए पछि नेकपा सानोभेरी गाउँसमितिले वडा अध्यक्ष शसिराम बुढाथोकीलाई जुत्तामाला र कालो मोसो दलेर कारबारी गरेको थियो ।
उक्त बिषयलाई लिएर प्रहरीले नेकपाका २ जना कार्यकर्ता गिरफ्तार गरेको थियो। प्रहरीले नेकपाका कार्यकर्ता शिव र प्रकाश लाई गिरफ्तारी गरि हिरासतमा राखेको भन्दै सेक्रेटरी चन्द्रले बिज्ञप्ति जारी गर्दै अविलम्ब रिहाईको जोडदार माग गरेका छन।
आफ्ना कार्यकर्तामा माथि लगाएको चन्दा असुलीको आरोप पुर्वाग्रही ढङ्गबाट लगाएको भन्दै स्वैच्छिक सहयोग बाहेक जबर्जस्त चन्दा माग्ने पार्टीको निति नभएको प्रस्ट पार्दै पार्टीको नीति विधि बिपरित चन्दा असुलिलाई कारबाही गर्ने गरेको कुरा आमजनतालाई जानकारी प्रष्ट पार्दै भ्रष्टाचारमा संलग्न व्यक्तिको बारेमा आम जनतामा बहस भैईरहदा पार्टीले छानबिन गरि सत्य तथ्य बाहिर ल्याउनुको सट्टा भ्रष्टाचारी लाई नै संरक्षण गर्ने गरि बचाउ अभियानमा तीव्रताकासाथ लाग्नु स्वयम माओवादी केन्द्रका लागि र सचेत समुदायका लागि लज्जाको बिषय हो । यस्तो उल्टो मार्ग तिर यात्रा नगर्न र चरम भ्रष्टाचार, अनियमितता, लूट खसोट बाट मुक्त हुन हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ । बिज्ञप्तिमा भनिएको छ ।
साथै बिज्ञप्ति मार्फत नेकपा रुकुम पश्चिमले त्रिवेनि गाउँ पालिका ४ मा निवासी २६ वर्षिय मनकला खत्री खड्काको रहस्यमय किसिमले भएको हत्याको घोर भ्रत्सना गर्दै मृतक मनकला प्रती श्रद्धान्जली अर्पण गर्दै घटनाको न्यायोचित छानबिन गरि यथाशीघ्र घटनाको सत्य तथ्य पत्ता लगाई दोषि माथी कारवाही गर्न सम्बन्धित सरोकारवाला लाई ध्यानाकर्षण गराएको छ।बिज्ञप्तिको पुर्णपाठ:-
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.