घोराहीमा ४ टोलको संयुक्त आयोजनामा थारु सांस्कृतिक तथा माघी मिलन कार्यक्रम

डेली न्युजराप्ती       ३० पुष २०८२ १९:०३ मा प्रकाशित     28 No Comments

हेमन्तप्रकाश वली ।
पुष २९,घोराही ।
घोराहीमा ४ वटा टोलले संयुक्त रुपमा थारु सांस्कृतिक तथा माघी मिलन कार्यक्रमको आयोजना गरेका छन् ।
मंगलबार घोराही-२ स्थित अघ्घरे , भट्टेटार , लामिडाँडा र मोतिपुर टोलले अघ्घरे डाँडामा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का पोलिटब्युरो सदस्य बल बहादुर वली (शितल सी)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घोराही-२ का वडा अध्यक्ष चित्रबहादुर चौधरी , रामपुर चौकी प्रमुख टेक बहादुर चौधरी , नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्यहरु पाटन सी , तिलक सी , विकाश सी , अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकृति सी , नेकपा (माओवादी) का केन्द्रिय प्रतिनिधि सदस्य चुलुवा सी , श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय सदस्य बिष्णु सी लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि शितल सीले थारु जाती दाङको भुमिपुत्र भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो – ‘थारु जाती दाङको भुमिपुत्र हो तर यहीँ जातीलाई शासकहरुले क्रूर दमन र शासनगरी जमिनमाथिको स्वामित्वबाट मुक्त गरेका हुन् । माओवादी जनयुद्धले यो समुदायलाई निश्चित हक , अधिकार दिलायो तर त्यो पर्याप्त छैन । हामिले अहिलेपनि यो जातीलाई जमिनको स्वामित्व हुनुपर्छ भनेर लडिरहेका छौँ । यो वर्ग राज्य सञ्चालनको भुमिका पुग्नैपर्छ । क्रान्तिमा निर्ममतापुर्वक बलिदान गरेको समुदायलाई बिर्सन सक्दैनौँ ।’

नेता शितल सीले कार्यक्रममा माघी पर्वको बिशेष शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले थारु जातीको बिशेष पर्व माघीको शुभकामना व्यक्त गर्दै थारु जातीको हकहितका लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

थारु अगुवा जयन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको सहजीकरण सुनिता चौधरीले गर्नुभएको हो भने कार्यक्रममा स्वागत मन्तव्य ददिराम चौधरीले दिनुभएको थियो ।

कार्यक्रममा विविध थारु सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार