स्ववियु निर्वाचन: दाङमा विप्लव निकट अखिल(क्रान्तिकारी)का उम्मेदवार निर्विरोध स्ववियु सभापतीमा निर्वाचित हुँदै !

डेली न्युजराप्ती       १ चैत्र २०७९ २०:२६ मा प्रकाशित     178 No Comments

घोराही, १ चैत । दाङको घोराहीमा रहेको शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) विप्लवका नवीन केसी निर्विरोध निर्वाचित भएका छन् ।

दाङमा क्रियाशील विद्यार्थी संगठनहरुको सहमतिमा केसी क्याम्पसको स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

जसको उपसभापतिमा अनेरास्ववियुका टीका कालाथोकी, सचिवमा प्रजातान्त्रिकका सरिता पोख्रेल भण्डारी, सह- सचिवमा अखिल (क्रान्तिकारी) का सरिता सेर्पाइली र कोषाध्यक्षमा नेविसंघका गणेशमान डाँगी निर्वाचित भएका छन् भने सदस्यहरुमा अनेरास्ववियुका सर्मिला डाँगी, अखिल (क्रान्तिकारी) का मन्जु घर्तीमगर, अखिल (क्रान्तिकारी) विप्लवका समीर डाँगी, प्रजातान्त्रिक यशोदा डाँगी, अखिल छैठौंका सुनिता आचार्य र नेविसंघका शिशिर डाँगी निर्वाचित भएका हुन् ।

विद्यार्थी संगठनहरुको सहमतिमा क्याम्पसले मंगलबार स्ववियु कार्यसमिति निर्वाचित भएको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार