नेकपाका युवा नेता घमण्डद्वारा जन्मदिनको अवसरमा विधालयलाई खेलकुद सामाग्री सहयोग

डेली न्युजराप्ती       २३ माघ २०८१ ०६:३७ मा प्रकाशित     150 No Comments

जन्मदिन मनाउने खर्च जोगाएर रुकुम पश्चिमका एक युवाले आफैले अध्ययन गरेको विद्यालयमा खेलकुद सामाग्री सहयोग गर्नुभएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका ५ जिवाङ निवासी घमण्ड महरले सोहि वडाको विद्या विकास माध्यमिक विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्नुभएको हो । 

विप्लव नेतृत्वको नेकपाका दाङ जिल्ला सदस्य नेता महरले बालबालिकाको खेलप्रतिको रुचिलाई ध्यान दिएर खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने मनसायले उक्त सहयोग प्रदान गरेको जानकारी दिनुभयो । 

उहाँले विद्यालयलाई १० हजार मूल्य बराबरका भलिबल, जाली, पम्प लगायत ब्याडमिन्टन खेलका लागि प्रयोग हुने सामग्री सहयोग गर्नुभएको हो । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्यमा थोरै भएपनी सहयोग पुगोस् भन्ने उदेश्यले खेलकुद सामग्री सहयोग गरिएको महरले उल्लेख गर्नुभयो । 

खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालय प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार