दाङमा विप्लवको पार्टीले मसाल जुलुस प्रदर्शन गर्ने

डेली न्युजराप्ती       १२ कार्तिक २०८२ २२:०२ मा प्रकाशित     322 No Comments

हेमन्तप्रकाश वली ।
कार्तिक ११,घोराही ।
नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाभरी मसाल जुलुस प्रदर्शन गर्ने भएको छ ।
मंगलबार घोराहीमा बसेको पार्टी जिल्ला कमिटीको बैठकले केन्द्रीय समितिको बैठकले घोषणा गरेका संघर्षका कार्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी केन्द्रीय समितिको बिशेष बैठकले घोषणा गरेका संघर्षका कार्यक्रमहरु जिल्लाभरी प्रभावकारी ढंगबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टीले वर्तमान शुसिला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि कार्तिक १३ गते भित्तेलेखन गर्ने , १५ गते मसाल जुलुस प्रदर्शन गर्ने , १७ गते कोणसभा गर्ने भएको छ ।

यस्तै बैठकले कार्तिक २० गते काठमाडौँमा आयोजित जनसभा सफल पार्न अभियान चलाउने निर्णय गरेको छ।

बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै पार्टीका पिबिएम शितल सीले नेपाली जनताले देउवा , प्रचण्ड र केपीको नाम समेत लिन नचाइरहेको बताए ।

उनले भने – ‘जेन-जीलाई थाहा नै भएन तर अमेरिकाले नेपाली जनताको आक्रोशमा आफ्नो योजना घुसाउने समय पर्खिरहेको थियो । जेन-जी बिद्रोह नेपाली जनताको आक्रोश र अमेरिकी साम्राज्यवादको योजना समयानुकूल मिल्न गयो । यो बिद्रोहले संसदवादी दलको औचित्य समाप्त पारिदिएको छ । अहिले जनताले देउवा , प्रचण्ड र केपीको नाम समेत लिन चाहिरहेका छैनन् ।’

नेता शितल सीले जेन-जी बिद्रोहले दलाल पुजीवादी सत्तामा धक्का दिएपनि यो साता खारेज नभएको बताए।

सबै परिवर्तनकारी शक्तिहरु मिलेर देश र जनताको बाधक दलाल पुजीवादी सत्ता ढाल्न एकतावद्ध हुनुको विकल्प नरहेको उहाँको जिकिर थियो ।

बैठकमा मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले जेन-जी बिद्रोहले दलाल पुजीवादी बादशाहलाइ घोडाबाट ढाल्न सकिन्छ भन्ने पुष्ठि पुनः गरेको बताए ।

नेता सविनले जेन-जी बिद्रोहले संसदवादी सत्ता भत्काएको , संसदवादी पार्टीहरु भत्किएकाले मुलुकमा आजको दिनमा नेकपाको विकल्प नरहेको बताए ।

उहाँको मुलुकमा अकर्मण्यता, पश्चगामि सोच , यथास्थितिवादी सोच , राष्ट्रघाती प्रवृति विरुद्ध अग्रगामी चिन्तन बोक्ने शक्तिहरुले संकटको निकास दिनुपर्ने भनाई थियो ।

पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी , बिक्रम सी , पाटन सी , निर्मल सी , विकाश सी , गणेश सी , सुरज सी , जिवनी सी लगाएत केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

बैठकले पार्टीका दिवंगत जिल्ला सचिवालय सदस्य शिव सीको शोक प्रस्ताव पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार