संसारका सवै परिवर्तनहरु चुनावबाट होइन रातो झण्डा उठाएर रातो रगत बगाएर भएका छन : नेता जागृति

डेली न्युजराप्ती       २८ कार्तिक २०७९ २१:१७ मा प्रकाशित     325 No Comments

कार्तिक २८ , बुटवल । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी ,नेपालका प्रवक्ता जागृती रायमाझीले संसारका सवै परिवर्तनहरु चुनावबाट होइन रातो झण्डा उठाएर रातो रगत बगाएर भएको टिप्पणी गरेका छन ।
आज सोमबार बुटवलमा आयोजित विप्लव नेतृत्वको नेकपासहित ३ कम्युनिस्ट पार्टीद्वारा आयोजित मंसिर ४ को कथित निर्वाचनको विरुद्धको भण्डाफोर सभालाइ सम्बोधन गर्दै नेता रायमाझीले उक्त धारणा व्यक्त गरेका हुन ।

भण्डाफोर सभालाइ सम्बोधन गर्दै नेता रायमाझीले भने – ‘दलाल पुजीवादी सत्ताभित्र चाहे प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली होस चाहे संसदवाट निर्वाचित प्रधानमन्त्री होस , यी दुबैले निकास दिदैनन । यी दुबै प्रक्रिया संसदीय व्यवस्थाभित्रका एउटै ड्याङका मुला हुन । संसारका सबै परिवर्तनहरु चुनावबाट होइन रातो झण्डा उठाएर रातो रगत बगाएर भएका छन ।’

नेता रायमाझीले सभालाइ सम्बोधन गर्दै मंसिर ४ को निर्वाचनका लागि गाउँगाउँमा भोट माग्न आएका उम्मेदवारले आकाशको तारा झारिदिने , काम नगरिकन खाना खाने वातावरण बनाइदिन्छु भन्दै केही थान मान्छेहरु भोट माग्न आइरहेको बताउदै ३० वर्षसम्म संसदवादीहरुले यहि गफ लगाइरहेकाले दलालहरुलाइ गाउगाउमा बहिस्कार गर्न अपिल गरेका थिए ।

नेता रायमाझीले एक अर्को प्रसंगमा बोल्दै संसारमा अमेरिका जस्तो अपराधी र लुटेरा मुलुक संसारमा कोहि नभएको टिप्पणी गरे । उनले भने – ‘पुजीवादीले भनेजस्तो अमेरिका र युरोप पुजीवादी व्यवस्थाले गर्दा सम्पन्न भएको होइन । फ्रान्स , बेलायत , जर्मन लगाएतका मुलुकले कुइन्टलका कुइन्टल धन लुटेर युरोप युरोप बनेका हुन पुजीवादले बनाएको होइन । अमेरिकालाइ पुजीवादले बनाएको होइन संसारभरिका खनिज पदार्थ कब्जा गरेर , स्रोत साधनहरुलाइ नियन्त्रणमा लिएर र संसारभरी युद्ध मच्चाएर अमेरिका बनेको हो ।’

नेता रायमाझीले आसन्न मंसिर ४ को निर्वाचनलाई नाथे निर्वाचनको हवाला दिदै भने – ‘बहस नाथे निर्वाचनको होइन बरु बहस त भुमण्डलिकृत पुजीवाद विरुद्धको लडाइँको हो ।’ नेता रायमाझीले सभालाई सम्बोधन गर्दै थपे – ‘नेपालका ८० लाख तन्नेरीहरुलाइ बिदेश पठाएर फ्री टिकट फ्री भिसाको नारा दिएर चुनावमा भोट माग्न आएकालाइ लखेट्ने हो । सारा नेपालका युवालाई बिदेश पठाएर यो देशलाइ अपराधीको स्वर्ग बनाउने खेल समाप्त पारिनेछ । यो देशमा आलु र सियो नफलाउनेलाई भोट हाल्न हुदैन ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार