वैद्यको निर्वाचन बहिष्कार अभियान सुरु भएकै दिन बर्दियाबाट ४ नेता गिरफ्तार

डेली न्युजराप्ती       ७ बैशाख २०७९ १६:०० मा प्रकाशित     315 No Comments


बैशाख ७। मोहन वैद्य नेतृत्वको(नेकपा क्रान्तिकारी माओवादी)ले आउँदो वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन वहिष्कार गर्ने नीति लिएको छ।

स्थानीय निर्वाचन बहिष्कार गर्ने नीति अनुरुप नेकपा(क्रान्तिकारी माओवादी) ले पार्टीको लुम्बिनी प्रदेश समितिले चुनाव बहिष्कार सचेतना अभियान बर्दियाको राजापुरबाट पोस्टर पम्पलेट भित्तेलेखन सहित बहिष्कार अभियान सुरु गरेको छ। सोही बहिष्कार अभियानबाट नेपाल प्रहरीले नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज समीर केसी सहित ४ जनालाइ गिरफ्तार गरेको पार्टीका दाङ जिल्ला सेक्रेटरीले बिज्ञप्ति मार्फत जनाएका छन।

दाङ जिल्ला सेक्रेटरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गिरफ्तार गरिएका पार्टी केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज समीर केसी,लुम्बिनी प्रदेश सचीव भुपेन्द्र न्यौपाने,केन्द्रिय सदस्य एवम बर्दिया जिल्ला इन्चार्ज बिपिन,बिद्यार्थीका केन्द्रीय सदस्य मनोज थापा,देजमो प्रदेश सल्लाहकार भक्तराम काफ्ले लगाएतका नेता-कार्यकर्ताहरुको निसर्त रिहाईको माग गरिएको छ।
जिल्ला सेक्रेटरीद्वारा जारी प्रेस बिज्ञप्तिको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार