तुलसीपुर बजारमा वृक्षारोपन!

डेली न्युजराप्ती       १ श्रावण २०८० २१:३७ मा प्रकाशित     106 No Comments

तुलसीपुर , १ साउन । बजारको सौन्दर्य बढाउने उदेश्यले तुलसीपुर बजारको विभिन्न ठाउँमा वृक्षरोपण गरिएको छ । आन्तरिक पर्यटक तथा बाह्र्य पयर्टकको पहिलो गन्तब्य तुलसीपुर बजार क्षेत्र भएकले वडा नम्बर विभिन्न प्रजातिका बिरुवा रोपिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष्य रामप्रसाद चालिसेले बताउनु भयो ।

तुलसीपुर उद्योग वाणिज्य संघ , तुलसीपुर उपमहानगपालिका तथा ग्रीन फाउण्डेशन नेपाल तुलसीपुरको संयुक्त आयोजनामा बजार क्षेत्र भित्र विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको हो । विगतमा रोपिएको ६०% बिरुवा हुर्किएका छ्न भने बाँकी ४०% विरुवाहरु संरक्षणको अभावले हुर्कन नससेकेको चालिसेले बताउनुभयो । त्यसकालागी उपमहानगरपालिकाले तार बारको व्यवस्था मिलाउन पर्छ, उहाँले आग्रह गर्नुभयो ।

सुन्दर, हरिया, स्व्च्छ र सौंदर्य बढाउन आह्वानका साथ सोमबार ३ सय ५० बिरुवा विभिन्न टोलमा रोपिए । श्रावण महिनाभर ७ सय बढि बिरुवा रोप्ने लक्ष्य रहेको उधोग बाणिज्य संघले जनाएको छ । बृक्षारोपन कार्यक्रममा नगरप्रमुख टिकाराम खड्काले स्व्च्छता मात्र नभैइ पालिकाको पहिचान बढाउने बताउनुभयो ।

कार्यक्रममा ग्रीन तुलसीपुर क्लिन तुलसीपुर अभियानका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष विमल रिजालले स्वस्थ्य वातावरण र स्वस्थ्य मानव जीवनका लागि बिरुवा रोप्नै पर्ने आवश्यकता रहेको बताउनु भयो । वृक्षारोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी, उद्योगी व्यबसायी, मानव अधिकार तथा शान्ति समाज , रोटरी क्लव अफ तुलसीपुर, तुलसीपुर नगर जेसिज, तुलसीपुर खानेपानी, नागरिक समाज, लायन्स क्लव अफ दाङ, जनप्रतिनिधि, पत्रकार , संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार