दाङ, २९ भदौ ।
टरिगाउँ विमानस्थलबाट अब हप्तामा दुई दिन हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकोमा नेपाल एयरलाइन्सले अब मंगलबार पनि उडान थप गरेको छ ।
नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारका अनुसार आगामी सातादेखि हप्तामा दुई दिन उडान सञ्चालन हुनेछ । शुक्रबार दिउँसो १२ बजे र मंगलबार दिउँसो २ बजे उडान हुने व्यवस्था गरिएको छ ।
दसैं, तिहार, र अन्य चाडपर्वलाई लक्षित गर्दै यात्रुको चाप बढ्ने सम्भावनालाई ध्यानमा राखी उडान संख्या बढाइएको प्रमुख सुनारले जानकारी दिनुभयो । यात्रुहरूको सुविधाका लागि थप उडान समय तालिका परिमार्जन गर्न सकिने पनि उहाँले बताउनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.